शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई रौतहटमा ६५ किलोको मालाले स्वागत

शुक्रबार, २५ फागुन २०७४, १३ : ११
शुक्रबार, २५ फागुन २०७४

रौतहट– रौतहटमा पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ट नेता माधवकुमार नेपाललाई ६५ किलोको माला लगाएर स्वागत गरिएको छ । रौतहटको देवाही गोनाही नपा धरहरीस्थित ग्याँस तथा सिलिन्डर चुल्हो बितरण समारोहमा नेता नेपाललाई जयकिशान माविले ६५ किलोको माला लगाएर स्वागत गरेको हो ।

यसअघि एमाले शीर्ष नेता नेता जानै नसक्ने मधेसका जिल्लामा निर्वाचनपछि भने माहोल फेरिएको स्थानीयले बताएका छन् । 

सो अवसर मा २०० जना स्थानीयलाई ग्याँस तथा चुल्हो बितरण गरिएको हो ।

कार्यक्रममा नेता नेपालले आधुनिक युगमा दाउराको प्रयोग मानव स्वास्थका लागि हानिकारक रहेको बताए ।

जिल्लाको विकासका लागि आफू सदैव तत्पर रहने भन्दै नेता नेपालले सक्दो प्रयास गर्ने आश्वसन पनि दिए । 

कार्यक्रममा सांसद प्रभु साहले निर्वाचन पहिले आफुले जारी गरेको घोषणापत्र अनुसार ग्याँस वितरण गरिएको बताए ।

रौतहट क्षेत्र नं ३ लाई धुवारहित क्षेत्र बनाउने प्रतिबद्धता साहले गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप