शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गलकोटमा पहिलो पटक क्यानोनिङको सफल परिक्षण

शुक्रबार, २५ फागुन २०७४, ०९ : १४
शुक्रबार, २५ फागुन २०७४

बागलुङ - गलकोटमा पहिलो पटक जल साहसिक पर्यटन खेल क्यानोनिङको सफल परिक्षण गरिएको छ । 

गलकोट नगरपालिका वडा नं ३ को आयोजना तथा गलकोट नगरपालिकाको सहकार्यमा हटियाको सहस्र झरनामा क्यानोनिङ छागाँ वरोहणको सफल परिक्षण गरिएको हो । 

पोखरा क्यानोनिङको टिम र स्थानिय युवाहरु सहभागितामा उक्त कार्य सम्पन्न गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए । 

गलकोटमै पहिलो पटक उक्त साहसिक खेल प्रदर्शन गरिएको हो । करिब १४५ मिटर अग्लो हटियाको सहस्र झरनामा माथिबाट डोरी तल छोडेर सुरक्षित तवरबाट डोरी मार्फत झरेर उक्त क्यानोनिङको सफल परिक्षण गरिएको हो ।

क्यानिङ खेलमा गलकोट नगरपालिका ३ का वडा अध्यक्ष विरजंग भण्डारी, रबिन बोहोरा, शिव खत्री, प्रविण भण्डारी, सुर्य भण्डारी र ईन्जिनियर सुवास भण्डारीको सहभागीता थियो । 

 

खेल अवलोकन पछि बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले यो खेलले गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने र आर्थिक विकासमा टेवा पुग्ने भन्दै सबैले यसलाई प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरे । त्यसको लागि गलकोट नगरपालिकाले पुर्वाधार तयार गर्न आवश्यक प्रकृया अगाडी बढाउने बताए ।

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप