बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तोकिएको समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्छन्ः मन्त्री सोनल

बिहीबार, २४ फागुन २०७४, १८ : ४४
बिहीबार, २४ फागुन २०७४

सप्तरी– प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताएका छन् । 

उनले आज राजविराजमा पत्रकारसँग कुरा गर्दै तराई–मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताए । विकास निर्माणका दृष्टिले प्रदेश नं २ अत्यन्त पछाडि रहेकाले तीव्ररुपमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सोनलले केन्द्रीय योजनामा समेत मनपरी ढंगले काम गर्ने छुट कसैलाई नहुने स्पष्ट गरे । 

मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पूरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गरे । मुख्यमन्त्रीको कार्यालयलगायत सम्पूर्ण मन्त्रालयमा सूचना डेस्क राखी गतिविधिलाई पारदर्शी बनाउन लागिएको मन्त्री सोनलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप