बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरभन्दा महङ्गो पर्ने हाते झोलाहरु

बिहीबार, २४ फागुन २०७४, ११ : ०४
बिहीबार, २४ फागुन २०७४

काठमाडौँ । बेलायतमा घरको औसत मूल्य २२३,२८५ पाउण्ड(ह्याली फ्याक्सका अनुसार) रहेको छ । तर, हामी यस्तो हाते ब्यागको कुरा गर्दै छौं जसको मूल्य २,७९,००० पाउण्ड रहेको छ, त्यो पनि सेकेण्ड–ह्याण्ड ब्यागको ।  यति रकमले त बेलायतमा एक घर किनिसकेर पनि प्रशस्त पैसा बाँकी रहन्छ ।

अझ आश्चर्यजनक कुरा अघिल्लो वर्ष कसैले यति रकम तिरेर पनि सो लिमिटेड एडिसनको एमेजको फुर्सो सेतो रङ्गको ‘२०१४ हिमायल बर्किन’ ब्याग किनेको छ ।

यो ब्याग गोहीको छालाबाट बनेको छ र यसमा १८ क्यारेटको सुन र हिरा जोडिएको छ ।

२,७९,००० पाउण्ड हातेब्यागको लागि तिरिएको किर्तिमानी मूल्य हो । तर ‘हाते फर्निचर’ पनि भनिने विलासी हाते ब्यागको बढ्दो बजार मूल्यसँग तुलना गर्दा यो मूल्य समुन्द्रमा एक थोपा पानी बराबर हो ।

मोनाकोकी राजकुमारी केली ग्रेसले फोटोग्राफरबाट आफ्नो गर्भ लुकाउन बोक्न थालेदेखि यता उच्च मूल्यको ब्यागले निक्कै लामो यात्रा गरिसकेको छ । पछि सो ब्यागको नामनै राजकुमारी बन्नुअघि पूर्व हलिउड स्टार रहेकी केलीकै नाममा ‘केली ब्याग’ रहन गयो ।

महङ्गा ब्यागहरु आजकल सेलिब्रिटीहरुमाझ आम भएको छ ।

लिलामीको लागि चर्चित संस्था क्रिस्टीको भनाई अनुसार सेकेण्ड–ह्याण्ड विलासी हाते ब्यागको विश्वव्यापी बजार सन् २०११ मा ५१ लाख पाउण्डबाट बढेर सन् २०१६ मा २.६ करोड डलर भएको छ ।

हेरिटेज लिलामी नामको अर्को सस्थाले विश्वव्यापी सेकेण्ड–हाण्ड हाते ब्यागको व्यापार ७.५ करोड डलर र १० करोडबीच रहेको विश्वास गरेको छ ।

लगानीको हिसाबले यी सम्पतीहरुले पछि उल्लेख्य पैसा फिर्ता गर्नेछ ।

लगानी व्याङ्क जेफरिसले केही ब्यागहरुले वार्षिक रुपमा ३०% सम्म रकम फिर्ता दिने जनाएको छ । फ्रान्सको विलासी हाते–ब्याग निर्माता एमेज सबैभन्दा बढी खोजिने ब्याग हो ।

क्रिस्टी लिलामीमा हाते ब्याग र अन्य साजसज्जाका विशेषज्ञ रहकी रचेल कोफ्स्की भन्छिन् “एमेजको हाते–ब्यागहरु दशकौंदेखि उही सिल्पकौशल र उही समानको प्रयोग गरेर निर्माण गरिएका छन् । तर बाँकी धेरै ब्राण्डहरु पछिल्लो सय वर्षमा अनियमित रुपमा उत्पादन हुने गरेको छ ।”

उनले यसमा थप्दै भनिन् तीन सबैभन्दा चर्चित ब्यागहरु –माथि उल्लेख गरिएको केली ब्याग, बर्किन( गायिका तथा नायिका जेन बर्किनका लागि बनाइएकाले सो नाम रहेको) र कन्स्ट्यान्स (ऐमेजकी डिजाइनर क्याथरिन चैलेटको पाचौं बच्चाको नाममा राखिएको ब्याग) “तिनको डिजाइन गरेदेखिको समयदेखि लगभग उही रुपमा आइरहेका छन् ।”

तर पनि जेफरिनले भनिन् “विगत १० देखि २० वर्षमा विलासी ब्राण्डहरुले बढ्दो रुपमा आफ्ना हाते ब्यागहरुको मूल्य बढाउन सक्षम भएका छन् । तिनीहरुले पनि उच्च कोटीको सामानहरुको प्रयोग गर्न थालेका छन् । यसैले भविष्यमा उच्च मूल्यको हाते ब्यागको बजारमा एमेजको प्रधानता घट्ने देखिन्छ ।”

हेरिटेज लिलामीको अनुसार एमेजको अतिरिक्त सनेलको नामी ब्यागहरु विश्वका चर्चित सेलिब्रेटीहरुको पाखुरामा देखिने गरेका छन् ।

कोफ्स्कीका अनुसार सन् १९९० मा दुई डिजाइनहरु गुसीका टम फोर्ड र लुई भिटोनका मार्क ज्याकोबको ‘आई.टी.ब्यागको जमाना’ शुरु गर्न विशेष योगदान रह्यो । यीनका अलावा टीभी कार्यक्रम ‘सेक्स एण्ड द

सिटी’का पात्रहरुले सङ्कलनयोग्य हातेब्यागहरु मुलधारमा ल्याए ।

यसको अर्थ लिलामीको केही असहज लाग्ने द्वार फरक प्रकारका ग्राहकहरुको लागि खुल्दैछ । कोफ्स्कीले भनिन्ः “हाते ब्यागको निक्कै व्यापक आकर्षण रहेको छ । परम्परागत विलासी वस्तु फ्लाट र कलाको

समाग्रीको तुलनामा हाते ब्यागहरु ग्राहकहरुले सहज महसुस गर्ने समूहमा पर्छन् ।”

हाते ब्यागहरुले नयाँ ग्राहकहरु आकर्षित गरे पनि यो सबैको लागि खुल्ला रहेको संसार होइन । 

यदि खर्च गर्न सक्नुहुन्छ भने एक नयाँ केली वा बर्किन ब्याग प्रत्यकलाई लगभग ७००० पाउण्ड पर्छ त्यस्तै एक नयाँ सनेलको ब्यागलाई २३९२ पाउण्ड पर्ने गर्छ ।

सेकेण्ड–ह्याण्ड ब्याग छान्नु एक ग्राहकको लागि निक्कै बोर्गेनिङ्गको विषय हुनसक्छ तर यो सबैको हात लाग्ने कुरा होइन ।

जेफेरिसका विश्लेषक फ्लाभियो सेरेडाले हङ्गकङ्ग पछिल्लो समय उच्च मूल्यका हाते ब्यागको मुख्य बजार भएको जनाएको छ ।

फोब्सको हालसालैको रिपोर्ट अनुसार अघिल्लो बर्षमात्र हङ्गकङ्गको अर्बपतिको कुल सम्पती ६० अर्ब डलरबाट बढेर ३०७ अर्ब डलर पुगेको छ । यो फोर्ब्स एसिया ५० को सूचीमा सबैभन्दा बढीको बृद्धी हो ।

क्रिष्टीले भने अनुसार सन् २०१७ मा उसको लिलामी भएका ब्यागहरुमा ४६% बिक्रि एशियामा भएको छ । एशियालाई अमेरिकाले ३०% मा पछयाइरहेको छ । युरोप, मध्यपूर्व र अफ्रिकाको जोडेर २४% रहेको छ ।

माथि चर्चा गरिएको हिमालय बर्किन्स ब्याग पनि हङ्गकङ्गमा लिलामी कुनै संयोगले गरिएको होइन ।

यो जस्तो हाते ब्यागमा गरिएको लगानीलाई राम्रो लगानी मानिने भन्छिन् कोफ्स्की ।

“लगानी फिर्ताको हिसाब सिमित संस्करणका प्रतिहरुको अलग्गै महत्व हुनेगर्छ ।” उनी भन्छिन्, “बजारमा जति थोरै प्रति बाँकी रह्यो ग्राहकहरुले यसका लागि बढी पैसा हाल्न तयार हुने गर्छन् ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप