शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घुम्टेमा छैठौं लालीगुराँस उत्सव हुने

बिहीबार, २४ फागुन २०७४, ०९ : २३
बिहीबार, २४ फागुन २०७४

बागलुङ - समुन्द्र सतह देखि १० हजार तीन सय ९३ फिटको उचाईमा जिल्लाको मध्य भागमा अवस्थित पर्यटकीय गन्तव्य घुम्टेमा चैत ३० र वैशाख १ गते छैठौ लालिगुराँस महोत्सव हुने भएको छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा हुन लागेको लालीगुरॉस महोत्सवले घुम्टे लेकलाई गन्तव्य स्थलको रूपमा विकास गर्न र राष्ट्रिय लालीगुराँस फूलको संरक्षण र प्रचार प्रसार गर्न सहयोग पुग्ने संस्थाका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । 

घुम्टे लेकमा परापुर्वकाल देखि नै प्रत्येक वर्ष वैशाख पूर्णिमामा बागलुङ जिल्लासँगै आसपासका जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत म्याग्दी लगायतका स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।

आन्तरिक तथा बाह्य पर्यटकले घुम्टे लेकमा हुने विभिन्न प्रकारका लालिगुरॉस फुल, पहाड तथा विभिन्न मनोरम हिम श्रृङ्खलाको दृश्यावलोकन गरी सिद्ध भैरवको पुजाअर्चना गर्ने कार्यक्रम तय गरिएको बस्नेतको जानकारी दिए । 

चैत महिनाको ३० गते सॉझ घुम्टेमा क्याम फायर र बैशाख १ गते बिहान सुर्योदय सॅगै राष्ट्रिय झण्डा फहाराउने केन्द्रले जनाएको छ ।

धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक हिसाबले समेत महत्वपूर्ण घुम्टे लेकको पर्यटन प्रवर्दनको लागि प्रत्येक बर्ष घुम्टेमा गुराँस उत्सव गर्दै आईरहेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले बताए । 

विभिन्न प्रजातिका गुराँस फुल्ने घुम्टे लेकलाई ‘गुराँसको पहाड’ घोषणा गर्न केन्द्रले पहल अगाडि बढाएको जानकारी दिँदै केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने लगायतका योजना अघि सारेको छ । 

त्यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको वरिष्ठ उपाध्याक्ष थापाले रातोपाटीलाई जानकारी दिए ।

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप