सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रम ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन् ।
वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताए । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भने ।
वाग्मती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउँदै उनले वाग्मती सफाइसँगै यसलाई फोहर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनुपर्ने बताए ।
अभियन्ताले विसं २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए । वाग्मती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाग्मती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग
-
राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल
-
भूकम्पलगत्तै पाकिस्तानको जेलबाट २१६ कैदी फरार