सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रम ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन् ।
वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताए । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भने ।
वाग्मती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउँदै उनले वाग्मती सफाइसँगै यसलाई फोहर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनुपर्ने बताए ।
अभियन्ताले विसं २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए । वाग्मती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाग्मती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण