बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुलो निमार्णले डोल्पाली कृषकमा ल्यायो खुशी

बुधबार, २३ फागुन २०७४, १६ : ५७
बुधबार, २३ फागुन २०७४

डोल्पा–उमेरले ६९ वर्षका भए उनी । तर, २७ वर्षअघि प्रकृतिले  खोसेको आफ्नो खुशी फर्केर आउला भन्ने सोचेका पनि थिएनन् उनले । 
 खोसिएको खुशी फर्काउन विगतमा के नै गरेनन र उनले ? जिल्ला विकास समिति लगायतका धेरै निकायमा निवेदन दिए र धेरै दलका प्रतिनिधिहरुसँग आग्रह पनि गरे । तर, कसैले उनको माग सम्बोधन गरेनन् ।
संघीय संरचनाअनुसार सिंहदरवारको अधिकार घरघरमा आयो । योसँगै त्रिपुरासुन्दरी नगरपालिकाले उनको खोसिएको खुशी फर्काईदियो कृषक आइत रोकायको । तव रोकायको जीवनमा खुशीयाली छायो ।
लिकु कुनाउटाबाट भित्र खोपु भन्ने ठाउँमा रहेको झण्डै डेढ हेक्टर खेतीयोग्य जमिन सिँचाईको अभावमा खाली राख्नुपरेको थियो । तरअहिले त्रिपुरासुन्दरी नगरपालिकाले सिचाई कुलो निमार्णका लागि बजेट उपलब्ध गराएपछि वडा नं ९ का आईतको जीवनमा खुशियाली आएको हो ।
नगरपालिकाले कुनाउटादेखि खोपुसम्मको ९ सय ५० मिटर लामो पक्की सिमेन्टेट सिचाई कुलो निमार्ण गर्न ३३ लाख रकम उपलब्ध गराएको छ ।
कुलो निमार्णको काम अहिले अन्तिम चरणमा पुगेको छ । ०७४ पुस ५ गतेबाट निमार्ण शुरु गरिएको कुलो सम्पन्न भएपछि ९ र १० वडाका झण्डै पच्चीस घरधुरीको डेढहेक्टर जमिनमा सिचाई सुबिधा पुग्नेछ ।
चँुगाड खोलामा बाढी आएर ०४८ सालमा कच्ची सिंचाई कुलोको मुहान बगाएपछि प्रयोगबिहिन बन्न पुगेको उक्त जमिनमा आधुनिक फलफुल खेती गर्ने योजनाको सपना बोकेका ३८ वषीय कार्मा रोकाय पनि सिँचाई कुलो निमार्ण भएर पानी पुगेपछि खुशी भएको बताउँछन ।
सिचाई कुलो निमार्णको जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष बिमल पहाडीले सिचाई कुलोको मुहानमा जाली भर्न र केहि भागमा सपोर्ट पर्खाल लगाउन बाहेक अन्य निमार्ण कार्य अन्तिम चरणमा पुगेको बताउछन् ।
फागुनको २८ गतेभित्र योजना पुर्णरुपमा सम्पन्न गरी संचालनमा आइसक्ने पहाडीको भनाई छ । 
यसैबीच सिचाई कुलो निमार्ण कार्यको गुणस्तरीयता र कामको प्रगतिबारे बुझन् स्थानीय बासिन्दा, संञ्चारकर्मी र प्राबिधिक सहितको टोलीले निमार्णस्थलमा पुगेर अनुगमन तथा अवलोकन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप