बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा प्रदेश र स्थानीय सरकारबीच सहकार्यको कसरत

बुधबार, २३ फागुन २०७४, १० : ५९
बुधबार, २३ फागुन २०७४

पूर्णबहादुर खड्का
 

सुर्खेत–कर्णालीमा प्रदेश सरकार र स्थानीय सरकार बीच सहकार्यको कसरत हुन थालेको छ । प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका काम र आगामी योजनाका विषयमा सहकार्य गर्न सुरु गरिएको हो । 

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरकार्यपालिका, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बीच सहकार्यको कसरत सुरु भएको हो ।  

प्रदेश मन्त्रालय स्थापना भए संगै पहिलो पटक विकास र योजनाका बीच सहकार्यका लागि वीरेन्द्रनगर नगरकार्यपालिका सुर्खेतमा छलफल गरिएको छ । प्रदेशको राजधानी अवस्थित पुरानो नगरपालिका भएकाले नमुना नगरपालिका बनाउनु पर्ने जोड दिइएको छ । प्रदेशकै सुगम भनिएको सुर्खेतमै अझै कतिपय विकास निर्माणका काम र योजनाहरु  पुरा हुन सकेको छैन । 

राजधानी भित्र अधुरा र अपुरा विकास निर्माणका काम र आगामि दिनमा नमुना नगरपालिका बनाउन कार्यवहाक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेल र वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल बीच सहकार्यका लागि प्रयास थालिएको छ ।  
 

तत्काल प्राथमिकताका योजना
सुर्खेतको प्रमुख प्राथमिकताका निर्माणाधिन विकासे काम फोरलेन सडक, वीरेन्द्रनगर चक्रपथ, हट लाईन र प्रदेशकै नमुना सिटि बसपार्क लगाएतको काम छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने जनाइएको छ । 

त्यस्तै, जनसंख्याको चाप बढ्दै गएकाले वीरेन्द्रनरको मुख्य बजार लगायत आसपासको क्षेत्रमा उचित ढल निकासको व्यवस्थापन गर्न समेत आवश्यक औँल्याईएको छ । सुर्खेत उपत्यकामा विगत देखिकै समस्या समाधानका लागि भेरीको पानि लिफ्ट मार्फत ल्याउने योजनालाई तिव्र प्राथमिकताका साथ अघि बढाइने भएको छ । जिल्लामा अन्य विकास निर्माणका काम मध्य रानिघाटमा निर्माणाधिन भेरी नदीको पक्कि पुल र नगर क्षेत्रका सडकको मर्मत सुधार समेत गर्न तत्काल प्रक्रिया अगाडि बढाइने भएको छ । 
 

बजेट अपुग भन्दै प्रदेश सरकारसँग माग
नगरपालिकाले प्रदेश सरकार संग सहकार्यका लागि बजेट अपुग देखाएको छ । ‘नगरको स्रोत साधन सिमित छ ।’ नगर प्रमुख सुवेदीले भने,‘लगानि गर्नु पर्ने ठाउँ धेरै हुदाँ समस्या भएको छ ।’ नगरमा भएको बजेटले मात्रै नगरको कामकारवाहि गर्न समस्या हुने बताएका छन् । नगर भित्रका सडकको मर्मत सुधार गर्न समेत बजेट नभएको बताए । ‘नगर भित्रकै सडकको खाल्डाखुल्डी पुर्न सकिएको छैन्,’ उनले भने, ‘अब अर्काे समस्या भनेको ढल निकासको छ, तर बजेट छैन ।’  प्रदेश सरकारसँग नगरको बजेट न्युन रहेकाले बजेट उपलब्ध गराउन अर्थ मन्त्रालय सँग आग्रह गरेका छन् । 
 

स्थानीय सरकारलाई मध्यनजर गर्दै काम गर्छः अर्थ मन्त्री ज्वाला
कार्यवहाक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले गर्नुृपर्ने सहयोगमा कहि नचुक्ने बताएका छन् । 

अव प्रदेश सरकार कानून तथा योजना बनाउने काममा लाग्ने बताउँदै स्थानिय तहलाई समेत विशेष ध्यानमा राखिने बताए ।

‘अधिकांश सेवा प्रवाह स्थानिय तहमा गइसकेकाले हामिहरुले विशेष ध्यान दिन्छौँ’, उनले भने, ‘आमनागरिकलाई सिंहदरवार घरमै आएको महशुस गराउन कसैलाई काखा र पाखा गराउँदैनौँ ।’ अव संघिय सरकारले पहिलेको जस्तो सर्वसाधारण जनतालाई सास्ति नहुने उनको भनाई छ ।
 

विकट क्षेत्रलाई सुगममा बदल्छु : मन्त्री खत्री
त्यसैगरी, भौतिक तथा पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीले प्रदेशको विकासका लागि आफु कटिबद्ध भएर लाग्ने बताएका छन् । 
‘सवै भन्दा पहिला यो क्षेत्र विकट भएकाले काम गर्न, प्रभावकारी विकास गराउछु ’,  उनले भने, ‘विकट क्षेत्रमा सुगम क्षेत्र सुर्खेत भएपनि विशेष क्षेत्र घोषणा गर्ने प्रतिवद्धता गर्छु ।’ 
भौतिक पूर्वाधार निर्माणमा प्रदेशलाई कहि कतै कमि हुन नदिने प्रतिवद्धता समेत गरे । नगरको विकासे काममा सघाउन तत्पर रहेको उनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप