विप्लवले माखो मार्दैनन् : प्रचण्ड
मङ्गलबार, २२ फागुन २०७४, १६ : १४
काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लवले कुनै क्रान्ति गर्न नसक्ने बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले क्रान्ति कसरी गर्नुपर्छ भन्ने आफुलाई राम्रोसँग थाहा भएको बताए ।
‘केही साथीहरुले क्रान्ति गर्न रहर गरेका छन् । उनीहरुले माखो मार्दैनन् ।’ प्रचण्डले विप्लवको नामै नलिई भने ।
माओवादीको मूल नेतृत्वले क्रान्ति र जनयुद्धलाई धोका दिएको भन्दै विप्लव नेतृत्वके नेकपाले ‘एकीकृत क्रान्ति’ को सिद्धान्तअगाडि सारेको छ ।
प्रचण्डले अहिले सवै कम्युनिष्ट एक हुने बेला आएको पनि बताए । ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन ।’ प्रचण्डले भने, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान
-
जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण