बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ४ मा सुरु भयो सरकारी अनुगमनः कानुनमन्त्रीले दिए कर्मचारीलाई निर्देशन

मङ्गलबार, २२ फागुन २०७४, १५ : ३८
मङ्गलबार, २२ फागुन २०७४

पोखरा– प्रदेश नम्बर ४ को सरकारले आफ्नो मातहत भएका सरकारी तथा दैनिक जनचासोका कार्यालयहरुमा अनुगमन तथा निरीक्षण सुरु गरेको छ । संघीयता निर्माण भएपछि सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउँदै कर्मचारी र जनताको मनोबल बढाउनको लागि सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको हो । 

मंगलबार यातायात व्यवस्था विभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनुगमन गरि कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । अहिले मुलुकमा संघीयता कार्यान्वयन भएको अवस्थामा कर्मचारीहरुलाई के कसरी काम गर्ने भन्ने बिषयमा अन्यौलमा नबस्न उनले सो क्रममा निर्देशन समेत दिए । 

केन्द्रीकृत शासन प्रणाली अन्तर्गत उत्तरदायी भैरहेको सेवा–प्रवाहलाई अब प्रदेश मातहत ल्याउने क्रम सुरु भएकाले निर्धक्क भएर काम गर्न उनले निर्देशन दिएका हुन् ।  अहिले प्रदेश ४ मा दैनिकजसो सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको भन्दै उनले हतियारबद्ध जनयुद्धमा भन्दा  १५ गुणा बढी सडक दुर्घटनामा ज्यान गुमाउने औसत बढी हुनु गम्भीर बिषय भएको बताए । 

अनुगमनका क्रममा कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयको अबस्थाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीले बैकबाट सिधै राजस्व दाखिला गर्ने सिष्टमकोे बिकास गर्न सकिने जानकारी दिए । 

अहिले यातायात व्यावसायीहरुले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अवस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए । खुल्ला प्रतिष्पर्धाका कारण नयाँ दर्ता र रुट दिन्न भन्न नपाईने भएका कारण यातायात व्यवस्थापनमा समस्या आएको उनको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप