बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी व्यक्ति जसले चिया बेचेर कमाउँछन् मासिक २० लाख

मङ्गलबार, २२ फागुन २०७४, १४ : १८
मङ्गलबार, २२ फागुन २०७४

एजेन्सी–२०१४ मा भारतीय लोकसभा चुनावमा ‘चायवाला’ शब्दले निकै चर्चा पाएको थियो । जव मानिसलाई थाहा भयो कि नरेन्द्र मोदीले शुरुवाती दिनमा रेलवे स्टेशनमा चिया बेच्थे । विस्तारै–विस्तारै आफ्नो मिहिनेतले उनी प्रधानमन्त्रीसम्म पुगे ।

अहिले भारतको महाराष्ट्रमा यस्तै ‘चायवाला’ चर्चामा छन् । 

चर्चामा यसकारण कि, नवनाथ येव नाम गरेका यी व्यक्ति चिया बेचेर महिनाको २० लाख कमाउँछन् । 

नवनाथले बुवाको सपना पुरा गर्न ‘येवले अमृततुल्य’ चिया पसल शुरु गरेका थिए । उनी आफ्नो चियालाई अन्तराष्ट्रिय पहिचान दिन चाहन्छन् । 

पुणेमा रहेको ‘येवले टी हाउस’ स्टल यहाँका जनताबीच निकै चर्चित छ । यहाँ १० रुपैयाँमा एकै खाले चियाँ पाउछ । 

मालिक नवनाथका अनुसार, उनको पसल पुणेको सवैभन्दा भीडभाडवाला इलाका मानिने ‘शुक्रवार पेठ’ मा छ । यो चिया पसल १८ देखि २० घण्टासम्म खुल्छ । यहाँ दैनिक ६० हजारजतिको चिया विक्छ । 

नवनाथ येवले भन्छन्, ‘हामीले बर्ष २०११ मा यो काम शुरु गरेका थियौँ । चार बर्ष अनुसन्धान गरेपछि हामीले चियाको एक क्वालीटि तय गरेका थियौँ । एक सेन्टरमा एकै दिन तीन देखि चार हजार कप चिया विक्री हुन्छ । हामी १०० जति स्टल खोलेर यो चियालाई अन्तराष्ट्रिय ब्रान्ड दिन चाहन्छौँ । हामीले चिया बेचेर धेरै भन्दा धेरैलाई रोजगार दिन चाहन्छौँ । म खुसी छु, हाम्रो काम लगातार बढिरहेको छ । 

नवनाथ आफ्नो कामबाट उत्साही छन् । आफ्नो चियालाई अन्ताष्ट्रिस्तरमा चिनाउन चाहन्छन् । 

अहिले तीन ठाँउ स्टल छन् । यहाँ १२ जनाले रोजगारी पाएका छन् ।

यो चिया पसल अरुका लाथि प्रेरणा बनेको छ, जो आफ्नो पेशा शुरु गरेर त्यसलाई कमाईको माध्यम बनाउन चाहन्छन् । 

सन १९८३ मा नवनाथका बुवाल चिया पसल खोलेका थिए । 

पछि नवनाथले पनि चिया पसललाई नयाँ तरिकाले अगाडि बढाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप