बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व कीर्तिमानी कराते खेलाडी ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त

मङ्गलबार, २२ फागुन २०७४, १० : ४१
मङ्गलबार, २२ फागुन २०७४

अमेरिका- अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी उज्जल ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनी आफैले बनाएको किर्तिमानलाई तोड्दै छोटो समय भित्र पुन: दोश्रो पटक गिनिज वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका छन् । 

उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी ) मा बिश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख  १४२.४८ पौण्ड (६४.६३ केजी )को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर बिश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आज सम्म कसैले बिश्व मै गर्न सकेका छैन ।  सानो गल्ति भयो भने  ढाड अनि कम्मर शत प्रतिसत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन । 

ठकुरीले पाँच विधाको निर्माण गर्नु को साथ साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् ।  (फांग काता ) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक  हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग(किर्तिमान) जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसै गरि फ़ाङ्ग हेवी वेट(गर्हौ वजन ) उचालेर (गोडा फाडेर अधिक भार बोकेर ) यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी  कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नयाँ किर्तिमान पनि गरेका छन् ।
 
अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप