बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७ नम्बर प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउन १८ बुँदे प्रतिवद्धतापत्र सार्बजनिक

सोमबार, २१ फागुन २०७४, १७ : ०४
सोमबार, २१ फागुन २०७४

टंक कुवँर
 

धनगढी –सात नं. प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्री  प्रकाशबहादुर शाहले १८बुँदे प्रतिवद्धतापत्र सार्बजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो पतिवद्धतापत्र सार्बजनिक गरेका हुन् ।

प्रतिवद्धता पत्रमा आधुनिक सूचना प्रबिधियुक्त स्वचालित कार्यप्रणाली लागू गरिने, मन्त्रालयको नाममा बेभसाइटको व्यवस्था गरी सूचना प्रबाहको व्यवस्था मिलाउने, गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरि जनमत शान्ति अभियानको थालनी गरिने उल्लेख छ ।

त्यसै गरी प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेका कानुन निर्माणको लागि कानुन तर्जुमा मस्यौदा समिति गठन गरिने, प्रदेश आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गरिने, शान्ति सुरक्षाका लागि पाश्र्वचित्र तयार गर्ने, सुदृढ शान्ति सुरक्षा, प्रदेश समृद्धिको आधार भन्ने अभियानका साथ शान्ति सुरक्षाको व्यवस्था मिलाउने, संवेदनशिल क्षेत्रमा सिसिटिभीको व्यवस्था गर्ने, सामाजिक सद्भाव तथा सुरक्षामा खलल पुर्याउने कार्यलाई निरुत्साहित गर्ने लागयतका प्रतिवद्धताहरु सार्बजनिक गरिएका छन् ।

त्यसै गरी प्रदेश ७ सँग जोडिएका अन्तराष्ट्रिय सिमा क्षेत्रमा यात्रुहरुको सुरक्षाका लागि निगरानी सहायता कक्षको व्यवस्था गर्ने समेत प्रतिवद्धता पत्रमा उल्लेख छ । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शाहले सार्बजनिक प्रतिवद्धता कार्यान्वयन एक मिहनाभित्रै कार्यदल गठन गरी लागू गर्ने बताए । 

होली पर्वमा टिकापुरमा भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै शाहले मृतकका परिवारलाई उचित क्षतीपूर्ति दिन पहल भइरहेको बताए । कैलाली कारागारमा पुर्वपक्षका लागि थुनामा रहेका प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरी लगायत २४ जनाले गरेको अनसनले सामाजिक एकतामा खलल पुग्ने भएकोले कैद स्थान्तरण गरिन सकिने व्यवस्था भएको समेत शाहले पत्रकार सम्मेलनमा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप