बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तामाङ को–अप्रेसन अमेरिकाद्वारा तीन जटिल बिरामीलाई सहयोग

सोमबार, २१ फागुन २०७४, १५ : १३
सोमबार, २१ फागुन २०७४

काठमाडौं–तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले ब्रेन स्ट्रोक तथा मिर्गौला पीडित तीन जनालाई आर्थिक सहयोग गरेको छ ।  सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङ तामाङलाई एक लाख १० हजार रुपैयाँ, मिर्गौला रोगीद्वय उमेश दोङ तामाङलाई एकलाख र दुर्गा दोङ तामाङलाई ३९ हजार रुपैयाँ सहयोग गरेको हो । 

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले र सोसाइटीका उपाध्यक्ष प्रेम थोकरले घेदुङ केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।  सोसाइटीका उपाध्यक्ष थोकरले संस्थाको स्थापनासँगै नेपालमा विभिन्न रोगबाट पीडितको उपचार तथा अन्य विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएको बताए ।  संस्थाका पदाधिकारी,सदस्य तथा विभिन्न सहयोगीबाट संकलन गरिएको रकमबाट पीडितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप