जुम्ल्याहा बच्चाकी आमा बनिन् सन्नी
मुम्बई – पोर्नपछि बलिउड चलचित्र अभिनयमा राम्रो पहिचान बनाएकी अभिनेत्री सन्नी लियोनी एक पटक फेरि आमा बनेकी छन् । जुम्ल्याहा बच्चाको तस्बिर शेयर गर्दै सन्नीले आफू आमा बनेको जनाएकी हुन् ।
गतबर्ष एक बच्चालाई धर्म माताको रुपमा शरण दिएकी लियोनीले यस पटक पनि श्रीमानका साथ जुम्ल्याहा बच्चाको तस्बिर शेयर गरेकी छन् ।
सामाजिक संजालमा तस्बिरका साथ सन्नीले लेखेकी छन् ‘यो इश्वरको कृपा हो । २१ जुन २०१७ मा श्रीमान् र मलाई थाहा थियो की केही समय पछि हामी तीन बच्चाको आमा बुबा बन्दैछौ ।’
‘हाम्रो कोसिसले अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरका साथ परिवार पुरा भएको छ ।’
उनले अगाडि लेखेकी छन् ‘हाम्रो छोराको जन्म केही दिन पहिले मात्र भयो । तर मन र आँखामा उ धेरै बर्ष पहिले देखी थियो ।’ इश्वरले आफ्ना लागि खास योजना बनाएर ठुलो परिवार दिएको समेत लेखेकी सन्नीले तीन बच्चाबाट आफु खुसी रहेको उल्लेख गरेकी छन् ।
सन्नीका पतीले पनि तस्बिर शेयर गर्दै जीवनको अबको यात्रा करन, निशा र नोहाका साथ पनि हुने लेखेछन् ।
सन्नी दम्पतीले सोशल मिडियाबाट तस्बिर सार्वजनिक गर्ने बितिक्कै धेरैले बच्चा सन्नी आफैले जन्माएको हो वा होइन जिज्ञासा राखेका थिए । सो जिज्ञासा मेटाउदै सन्नीले अशर र नोहा आफ्नो बायोलोजिकल बच्चा भएको बताएकी छन् । उनले लेखेकी छन् ‘हामीले केही बर्ष पहिले परिवार पुरा गर्न सरोगेसीका बिकल्प रोजेका थियौ । सो पुरा भयो । म अहिले निकै खुसी छु ।’
(एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर