बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु

सोमबार, २१ फागुन २०७४, १० : ४०
सोमबार, २१ फागुन २०७४

रौतहट-स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युु भएको छ । 

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुुर्घटना भएको थियो । दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताउनुुभयो । 

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिनुुभयो । घटनास्थल सदरमुुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप