शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोडक्ट रिभ्यु : कस्तो छ टाटाको जेस्ट ?

सोमबार, १९ असार २०७४, १७ : ४७
सोमबार, १९ असार २०७४

 
काठमाडौँ– डिजाइन, इन्टेरियर, इन्जिन तथा पर्फमेन्समा टाटाको अन्य मोडलहरुभन्दा उत्कृष्ट टाटा जेस्ट कम्प्याक्ट सेडान अटोमोटिभ इन्जिनियरिङ क्षेत्रमा एक चमत्कार जस्तै मान्न सकिने बताउँछन्, कम्पनीका एसिस्टेन्ट जनलरल म्यानेजर अर्जुन कार्की।


यस कुरालाई भारतीय बजारमा यसले पाएको प्रसंशा र नेपालमा चुमेको उत्कृष्ट तथ्याङ्कले आफै पुष्टि गर्ने उनको दाबी छ । २०१७ मा सेडान कार २० प्रतिशतभन्दा बढी बिक्री भएको कम्पनीले थियो । २०१५ मा लन्च गरेर छोटो समयमै यसले फरक स्पिडमा नयाँ पहिचान दिएको थियो । ‘जेस्टमा १०औँ वर्षको एक्स्पेरियन्सलाई मैले प्रयोग गरेको छु’– कम्पनीका एसिस्टेन्ट जनलरल म्यानेजर अर्जुन कार्कीले भने । होल टिमवार्किङ लागेको थियो, उनले थपे । सिम्पल सुलभ मूल्यमा गाडी बिक्री गर्दै आएको सिप्रद्धि कम्पनीे जेस्ट सेडानपछि आफ्नो परिभाषा नै परिवर्तन गरेको छ, ‘क्वालिटी अनि क्युट प्रडक्ट ।’
 
 
 
डिजाइन, चलाउँदाको उत्कृष्ट अनुभव र उत्कृष्ट कनेक्टिभिटी जस्ता विशेषताहरु मात्र नभई टाटा मोटर्सको जेस्टले तीन प्रमुख भेक्टरहरु डिजाइनेक्स्ट, ड्राइभनेक्स्ट र कनेक्टनेक्स्टलाई अझै उत्कृष्ट गरेका कारण ग्राहकहरुको उत्कृष्ट रोजाइमा पर्न सकेको हो । ठूलो स्थान भएको गतिशील, आरामदायी र स्टाइलिस सेडानबाट यस श्रेणीमै उत्कृष्ट प्रदर्शन तथा अद्वितीय आनन्द प्राप्त हुने कम्पनीको आफ्नै दाबी छ । कम्पनीका अनुसार ‘होराइजननेक्स्ट’ यात्रामा जेस्ट पहिलो गाडी थियो । जसले कार खरिदकर्ताहरुका लागि नवीनतम विशेषताहरु प्रदान गर्ने प्रतिबद्धतालाई पूरा गरेको पाइन्छ ।


 
जेस्ट नेपाल भित्रिनुपूर्व नै भारतमा यसको बढ्दो मागसँगै प्रसिद्ध चुलिएको थियो । जसले नेपालमा पनि स्वभाविक सफलता लिने ग्यारेन्टी थियो, त्यो पूरा गर्न कम्पनी सफल भयो । ‘नवीनतम प्रविधियुक्त टाटा जेस्ट अटोमोटिभ इन्जिनियरिङमा चमत्कार भएको सिप्रदी ट्रेडिङले त्यतिबेला नै दाबी गरेको थियो । पछिल्लो समय गाडी किन्ने चढ्ने फिलोसोफी नै फरक छ । यसलाई कम्पनीले समात्न सकेको देखिन्छ । प्रत्येक वर्ष नयाँ प्रडक्ट आउँछन् । टाटाको फिलोसोफी कनेक्टिभिटी हुनुपर्दछ पिसअफ माइन्ड  चलाउने वित्तिकै वाउ हुनु पर्दछ भनेर यो जेस्ट प्रडक्टमा भएको कार्कीले दाबी गरे । तर त्यस्तै अघि पनि इन्डिका भिस्टा पनि सफल नभएको भने होइन, उनको भनाइ थियो ।


सुरुमा नेपाली कस्टमर हच्किचिए पनि निकै खुशी र रेस्पोन्स देखिएको उनले बताए, ‘बेस्ट सेलिङसँगै कम्पनीले भर्खरै सेलिब्रेट पनि गर्न सफल भएको छ ।’ मार्केट सेयरवाइज थर्ड पोजिसनमा रहेको कम्पनी केही समयमै एक नम्बर बन्ने लक्ष्य राखेको छ ।
 
 
धेरै विशेषताहरु भएको तथा धेरै माइलेज दिने उत्कृष्ट कारको मजा लिन जेस्टले सहयोग अवश्य गर्नेछ । उत्कृष्ट उत्पादन तथा देशकै उत्कृष्ट सर्भिस र पाटर््सको ब्याक–अपले टाटा जेस्टलाई नेपालमा सवार्धिक अग्रणी स्थान चुम्न सफल बनायो । ‘इन्जिनियरहरुले आवरणमा मात्र नभई प्रविधि र यान्त्रिक रुपमा पनि उत्कृष्ट काम गरेको दाबी गर्दै टप गियर इण्डियाका देवेश शोभाले जेस्टलाई सच्चा प्रशंसा गरेका छन् । यो त एक उदाहरण मात्र हो, विशाल इन्डियामा आफ्नो इज्जतलाई थप उचाइमा राख्न सफल जेस्ट सेडानका बारे विभिन्न अनालाइन पक्रिका तथा म्यागेजिनहरुले प्रशंसा नगरिरहन सकेन । गाडीमा चाहिने प्रायः सम्पूर्ण विशेषताहरु रहेका छन्, त्यसैले नयाँ प्यासेन्जर कारका लागि यो उत्कृष्ट रोजाइ हुनसक्छ ।


डिजाइनको बयान गर्दै शोभाले थपेका छन्– ‘जेस्टको क्याविन मनै लाभ्याउने छ ।’ अगाडिको भागमा आक्रमक नाक, उत्कृष्ट रुपमा बनाइएको बम्पर, प्रोजेक्टरयुक्त बढाइएको हेडल्याप्म, हेडल्याम्पमा भएको न्यू ग्रिल र बोनटमा माइल्ड पावर बल्ज रहेको भन्दै अटोकार इन्डियाले आफ्नो पेजमा उत्कृष्ट स्थान पस्केको छ ।


उच्च स्तरीय इन्टेरियर ड्यासबोर्ड लेआउट आकर्षक, यो समूहकै पहिलो टच स्क्रिन इन्फोटेन्मेन्ट र भ्वाइस कमान्ड विचारशील भएको र दक्षिण एसियाका औसत परिवारका लागि यसको क्याबिन स्पेसियस देखिने कुरालाई पुष्टि गर्दै इन्डियन मिडियाहरुले उत्कृष्ट स्थानमा कभरेज गरेको पाइन्छ ।
  
 
 
सिप्रदीले यसको पेट्रोल रेभोट्रोन १.२ टी मोडलको मूल्य रु. २४.९५ लाखबाट र डिजेलको ३०.७५ लाखबाट सुरु गरेको थियो । १.२ लिटर पेट्रोल पावर प्लान्टमा इकोनमी, सिटी र स्पोर्टगरी तीनवटा ड्राइभिङ मोडयुक्त सिफ्ट–अन–फ्लाई विशेषता भएको कम्पनीले जनाएको छ ।  जेस्टको पेट्रोल भेरियन्टमा १ हजार १ सय ९३ सीसी इन्जिन रहेको छ, जसले १ सय४० एनएम टर्कमा ८९ बीएचपीको पावर दिन सक्छ ।
 
टाटा मोटर्सको नयाँ स्टाइलिस कम्प्याक्ट सेडान जेस्ट नेपालमा आएपछि नै यसले मार्केटमा आफ्नो पहिचान भिन्नै प्रकार र प्रस्तुतिसहित पहिचान बनाउन सफल देखियो । जेस्टमा यो सेगमेन्टमै अग्रणी २९ विशेषताहरु रहेको कम्पनीले जनाएको छ । पेट्रोलमा ३ र डिजेलमा ४ प्रकारमा उपलब्ध र  ६ आकर्षक रङहरुमा उपलब्ध पाइन्छन् । टाटा मोटर्सको १८ भन्दा बढी प्यासेन्जर गाडीका सेल्स आउट लेटहरुमा उपलब्घ गराइएको छ ।

विश्वव्यापी ग्राहकहरुका लागि भारत, बेलायत, इटाली र कोरियाको टिमद्वारा इन्जिन, सस्पेन्सन, ब्रेकिङ, एनभीएच वा प्रिमियम सामग्रीहरुमा उत्कृष्ट प्रदर्शनका लागि परिस्कृत यो गतिशील टाटा जेस्ट नेपालमा आउँदा पनि अकार्षक ढङ्गले अघिबढेको थियो कम्पनीकाअनुसार उसले आफ्नो सफलता अग्रणीस्थानमा रहेर चुमेको हो ।
 
चालकलाई कार चलाउँदा पूरा नियन्त्रण प्राप्त हुनेछ । जेस्ट टाटा मोटर्सको पहिलो गाडी हो, जसले होराइजननेक्स्ट अवधारणा अर्थात तीव्र उत्पादन केन्द्रित, विश्वस्तरीय उत्पादन गुणस्तर, उत्कृष्ट खरिद अनुभव र गुणस्तरीय सेवालाई पूरा गर्दछ । धेरै स्पेस र सुरक्षा जस्ता टाटा मोटर्सका डीएनएमा आधारित यो गाडीको इन्टेरियरमा गरिएको विस्तारित सावधानी जेस्टको डिजाइनको अर्को प्रमुख आकर्षण मानिन्छ ।


 
विस्वस्तरीय अत्यधिक विलासी गाडीहरुको सम्झना ताजा गराउने जेस्टमा प्रिमियम इन्टेरियर, जाभा ब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले यसलाई आकर्षक र अत्यधुनिक बनाएको छ । साथै, यसमा इन्फोटेन्मेन्ट प्रणाली र टाटा मोटर्सको नेक्स्ट जेनेरेसन ३–स्पोक स्टेरिङ ह्विल रहेको छ । यसको पखेटाझैँ सेन्ट्रल इन्स्ट्रुमेन्ट क्ल्स्टर बेजल, गियर नब, सूक्ष्म रुपमा ध्यान दिई बनाइएका एअर भेन्टहरु, मूर्तिकलाझैँ डिजाइन गरिएको कन्सोल, एकल पखेटा आकारको ग्राफिकसँगको मेलले जेस्टलाई डिजाइनमा उत्कृष्टता र निखार देखउँछ ।
 
भारतको पहिलो टर्बोचाज्र्ड मल्टि—फ्युल इन्जेक्सन पेट्रोल इन्जिन विश्वव्यापी परामर्शी तथा आपूर्तिकर्ताहरुको सहकार्यमा शक्ति, टर्क र क्षमतामा विश्वस्तरीय प्रदर्शनका लागि यो इन्जिन बनाइएको हो । यसले ३००,००० घण्टाको कठिन विकास र अनुसन्धानको जाँच पार गरेको कम्पनीले जनाएको छ ।


 
जेस्ट डिजेल एएमटीमा डुअल ड्राइभ मोड– सिटी र स्पोर्ट मोड रहेको छ । यसको म्यानुअल पनि सिफ्ट असिस्ट म्यानुअल हो । जसले ग्राहकलाई तल्लो र माथिको सिफ्टका लागि निर्देशन गर्दछ । उच्च क्षमताको टर्बो चार्जर भएको रेभोट्रोन १.२ टिले यो समूहमा नै उत्कृष्ट ५००० आरपीएममा ९० पीएस शक्ति दिन्छ र १७५०–३५०० आरपीएममा १४० एमएम पिक टर्क दिन्छ । उच्च गति १५४ किमि प्रतिघण्टा छ भने, डिजेल १.३ लि क्वाड्राजेट इन्जिनले ४००० आरपिएममा ९० पिएस शक्ति दिन्छ । त्यस्तै, १७५०–३००० आरपीएममा २०० एनएमको निरन्तर फ्ल्याट टर्क दिने कम्पनीले दाबी गरेको छ ।
 
गतिशील ग्राहकहरुको बढ्दो आवश्यकतालाई बुझ्दै टाटा मोटर्सले आफ्ना ग्राहकहरुलाई कनेक्टनेक्स्ट अनुभव प्रदान गर्न सफल भएको म्यानेजर कार्की बताउँछन् । कम्पनीले हर्मनसँग सहकार्य गर्दै यसको एकोस्टिक अडियो र इन्फोटेन्मेन्ट प्रणाली डिजाइन तथा इन्जिनियरिङ गरेको हो । यसमा समूहकै पहिलो विशेषताहरु जस्तै; ५ इन्चको कनेक्टनेक्स्ट टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली, भ्वाइस कमान्ड रिकग्निसन, एस्.एम्.एस्. नोटिफिकेसन आउने र पढ्ने, टचस्क्रिनमा तापमान स्वतः नियन्त्रण गर्ने प्रणालीले ग्राहकलाई सधैँ कनेक्टेड राख्दछ, कुल गर्दछ ।


डिलरहरुमा ग्राहकलाई व्यस्त राख्न टाटा मोटर्सले आफ्नो शोरुमहरुलाई अझ उत्कृष्ट बनाएको छ, ताकि ग्राहकहरुले विश्वस्तरीय वातावरणमा खरिद र सर्भिस सेवा प्राप्त गर्न सकून् भन्ने कम्पनीको उद्देश्य सधैँ रहेको देखिन्छ ।


टाटा मोटर्सका सम्पूर्ण प्यासेन्जर गाडी सर्भिस सेन्टरले नयाँ र सबैभन्दा व्यापक ग्राहक सेवा प्रदान गर्छ । हरेक गाडीहरुमा ४ वर्ष अथवा ७५००० किमिको (जुन पहिले आउँछ) वारेन्टी तथा ४ वटा निःशुल्क सर्भिसिङ रहेको छ । ग्राहकहरुले टाटाको मोबाइल एप टाटा मोटर्स कनेक्ट पनि डाउनलोड गरी कारको सर्भिसका लागि बुकिङ गर्न तथा नजिकैको डिलर पत्ता लगाउन सक्ने सुविधा उपलब्ध गराएको छ । ‘हाम्रो आफनो व्यवस्थापन म्यानपावर हो । यसमा हामी स्ट्रङ हो सेल्स टिमले दिएको  बल हो टिम विल्डिङ हो’– उनले भने । कम्पनी सक्सेस गर्न रिफर गर्नु नै मुख्य कुरा रहेको उनको दाबी छ । यो ट्रेन्ड हिजोभन्दा बढी हुँदै गएको उनको अनुभव छ । चाहवेल बागडोल सोल्टी लगायत स्थानमा वर्कसप रहेको छ । २६ भन्दा बढी  वर्कसप बिगेस्ट  सेल्स नेटवर्क  सर्भिस दिइँदै आएको कम्पनी हो । जसले फास्ट ट्र्याक सर्भिस पनि उपलब्ध गराएको छ । प्रिमियम पे गरेपछि यस्तो हुने गर्छ तर एकदमै नोमिनल चार्जमा उपलब्ध गराइएको उनले बताए । २४ आवर ब्रेड डाउन सिस्टम २४ घण्टै  सपोर्ट अनि ४८ रिपरियर ग्यारेन्टी कम्पनीको छ । जसले क्लाइन्टको टाइम भ्यालु बुझेको पाइन्छ । प्रत्येक लस घण्टाको कम्पनीले जिम्मेवारी लिने गर्दछ । कम्पनीसँग अत्यधिक पार्टस मेकानिक भएकाले कस्टमरले गाडी रोडमा गुड्ने बनाउँछन्, ग्यारेजमा बस्ने होइन । जेस्टले ४ वर्षको वारेन्टी दिइएको छ । यसले कम्पनीलाई विश्वासनीय र कष्टमरलाई रिक्स कम गरेको छ । १२ सयबाट वर्षको यो वर्षको ३ सय बढाउने लक्ष्य अर्थात बजारको २० बाट २५ प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विमल श्रेष्ठ
विमल श्रेष्ठ

विमल श्रेष्ठ अर्थ क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप