शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व हल्लाउन सक्ने रुसका ती ६ मिसाइल

आइतबार, २० फागुन २०७४, ११ : ४४
आइतबार, २० फागुन २०७४

बीबीसी– तपाईंले ‘स्टार वार’ जस्तो ‘साइन्स फिक्सन’ र हतियारहरूद्वारा दुनियाँलाई ध्वस्त बनाइएको सिनेमा हेर्नुभयो होला । त्यसैगरी रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बिहीबार मस्कोमा रुससँग भएका हतियारहरूको नमुना पेश गरेका छन । जुन ‘रुससँगै छन् र तिनले राम्रो काम गर्छन् ।’

रुसको संसदमा आफ्नो वार्षिक सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले देशको स्थिति, राष्ट्रका अघिल्तिर रहेका चुनौती र विदेश नीतिमाथि मात्र कुरा गरेनन्, उनले रुससँग भएका हतियारहरूको प्रदर्शनसमेत गरे । 

हतियार प्रदर्शनका क्रममा उनले ती हतियारहरूलाई ‘कहिलै नहार्ने’ अस्त्रको संज्ञा दिए । उनले प्रदर्शन गरेको हतियारमा एउटा द्विपदेखि अर्को द्विपसम्म हमला गर्नसक्ने मिसाइलदेखि ‘हाइपरसोनिक रकेट’ र ‘लेजर बिम’सामेत सामेल थिए । राष्ट्रपति पुटिनका अनुसार ती हतियारहरू अमेरिकाको रक्षा सन्धि उल्लघङ्नको प्रतिक्रियामा निर्माण गरिएका हुन् । 

पुटिनले भने– ‘पहिले हामीसँग नयाँ हतियार थिए तर हामीले भनेको कसैले सुन्दैनथ्यो भने, अब हाम्रो कुरा सुनून् ।’ उनले रुसको शास्त्रागारबाट जम्मा ६ वटा हतियार मात्रै प्रदर्शन गरे र यस्ता हतियारका लामो सूची आफूहरूसँग रहेको स्पष्ट पारे । 

उनले अमेरिकातर्फ सङ्केत गर्दै आफ्नो सम्बोधनमा भने– ‘अझैसम्म विश्वमा यस्ता हतियारहरू कसैसँग छैनन् र यी हतियार निकै उत्कृष्ट छन् ।’ उनको यो अभिव्यक्तिले कैयौँलाई शीत युद्धको सबैभन्दा धेरै विवादास्पद समयको सम्झना गरायो । 

जब कि यी हतियारहरू वास्तवमै रुससँग छ कि छैनन् भन्ने यसका प्रमाणहरू उनले प्रस्तुत गरेनन् । अन्य कुनै स्वतन्त्र निकायबाट पनि यसको पुष्टि भइसकेको छैन । 

रुसी राष्ट्रपतिको सम्बोधनलाई लिएर अमेरिकाको रक्षा मन्त्रालयले कुनै आश्चर्य व्यक्त गरेको छैन । मन्त्रालयले हालै मात्र नयाँ परमाणु नीतिको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डन ह्वाइटले पत्रकारहरूसँग भने– ‘हामीले रुसमाथि लामो समयदेखि निगरानी गरिरहेका छौँ । जुन हतियारहरूको बारेमा कुरा गरिएको छ तिनमाथि लामो समयदेखि काम चलिरहेको छ । हामीलाई यसमा कुनै आश्चर्य लागेको छैन ।’

यति हुँदाहुँदै पनि डनले ती शक्तिशाली हतियारहरूको विषयमा पुटिनको तर्कमाथि कुनै प्रतिक्रिया जनाएनन् । अमेरिकी गृहमन्त्रालयका अनुसार मस्कोले सन् १९८७ मा भएको अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन गरेको छ । जसका कराणले अमेरिका र सोभियत सङ्घसँग भएका ५०० किलोमिटरसम्म हमला गर्नसक्ने परमाणु हतियार नष्ट गर्नुपर्ने थियो । 

उत्तरी अमेरिका र युरोपका २९ वटा स्वतन्त्र देशहरूको समूहले नेटोको यस भनाइमा कुनै पनि प्रतिक्रिया जनाउन चाहेको छैन । आखिर ती ६ वटा ठूला हतियरा कुन–कुन हुन् र त्यसको बारेमा अझैसम्म कति जानकारी छ त ?

१. सरमट : एउटा द्विपदेखि अर्को द्विपसम्म हमला गर्न सक्ने शक्तिशाली मिसाइल

यसलाई साटन–२ का रूपमा पनि चिन्ने गरिन्छ । पुटिनका अनुसार यो मिसाइलको परीक्षणसँगै रुस एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ । बीबीसीका अन्तर्राष्ट्रिय मामिलाका संवाददाता रिचर्ड गलपिनका अनुसार सरमटलाई सोभियत युगको वोयवोडा मिसाइलको ठाउँमा प्रस्तुत गरिएको छ । जसको शक्ति निकै धेरै छ । 
यसले कम समयमा नै हमला गर्ने क्षमता राख्छ, जसलाई मिसाइल रक्षा प्रणाली अन्तर्गत रोक्न सम्भव छैन । रिचर्ड गलपिनका अनुसार यसको प्रविधिका कारण यसलाई भविष्यमा पनि रोक्न सम्भव छैन । 
२. सीमाहीन क्रुज मिसाइल
यसको नाम हालसम्म तय गरिएको छैन । राष्ट्रपति पुटिनका अनुसार यो एक प्रकारको नयाँ रणनीतिक मिसाइल हो । यसले लक्ष्यमाथि हमला गर्नका लागि मिसाइलले जसरी हमला गर्दैन । यही कारण यसलाई मिसाइल रक्षा प्रणालीका अनुसार रोक्नु अप्ठ्यारो छ । राष्ट्रपति पुटिनका अनुसार यसले सीमाहीन दूरीसम्म हमला गर्न सक्छ । 

३. पानीभित्रबाट हमला गर्न सक्ने परमाणु मिसाइल

यसको नाम पनि रुसले अझैसम्म तय गरेको छैन । यसलाई समुद्रको सतहभन्दा तलबाट निसाना लगाउन सकिन्छ । यो मिसाइल मानवरहित हो । राष्ट्रपति पुटिनले भने– ‘रुसले पानी भित्रभित्रै हमला गर्न सक्ने मिसाइल बनाइ सकेको छ । यो मानवरहित मिसाइल हो ।’

४. किङ्झल : हावामा हमला गर्न सक्ने हाइपरसोनिक मिसाइल
राष्ट्रपति पुटिनले रुसको हाइपरसोनिक मिसाइललाई किङ्झलको नाम दिएका छन् । उनका अनुसार यसलाई हावामा लन्च गर्दै निकै सटिक निशाना लगाउन सकिन्छ । यसका गतिका कारण यसलाई हावामै विस्फोट गराउन अप्ठ्यारो छ । पुटिनले यसले दुई हजार किलोमिटरभन्दा धेरै दूरीसम्म हमला गर्न मिल्ने बताए । 

५. एवनगार्ड : कैयौँ प्रकारले मार गर्न सक्ने हाइपरसोनिक मिसाइल
राष्ट्रपति पुटिनका अनुसार यो एउटा नयाँ प्रकारको हतियार हो । यसको रुसले सफल परीक्षण गरेको छ । उनका अनुसार यसको रफ्तार २५ हजार किलोमिटर प्रतिघण्टा रहेको छ । जसले एउटा द्विपदेखि अर्को द्विपसम्म सजिलै गरी हमला गर्न सक्छ । 

यो हतियारबाट तेस्रो र माथितिर पारेर हमला गर्न सकिन्छ । हतियार प्रदर्शनका क्रममा उनले भने– ‘यो हतियार लक्ष्यसम्म आगोको गोला जसरी पुग्छ । यसको सतहको तापक्रम १६०० देखि २००० डिग्री सेल्सियससम्म हुन सक्छ । 

६. लेजर हतियार
यसको नाम पनि अहिलेसम्म तय गरिएको छैन । पुटिनले भने– ‘लेजर हतियारहरू’को निर्माणमा पनि एउटा उल्लेख्नीय पाइला रुसले चालेको छ ।’ उनले थपे– ‘यी हतियारहरू कागजहरूमा मात्र सीमित छैनन् न त यसको सुरुवात बल्ल गरिएको हो बरु यी हतियारहरू हामीले पछिल्लो वर्ष सेनालाई हस्तान्तरण गरिसकेका छौँ ।’

जब कि राष्ट्रपति पुटिनले यसको कुनै प्रमाण दिएनन् र यसको नाम पनि बताएनन् । उनले भने यसको नाम भन्ने उपयुक्त बेला आइसकेको छैन । उनले लेजर हतियारले रुसको शक्ति बढाइदिएको बताउन भने बिर्सिएनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप