शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजी परिक्षाका लागि रोनाल्डो तयार

आइतबार, २० फागुन २०७४, १० : २५
आइतबार, २० फागुन २०७४

म्याड्रिड । क्रिस्टियानो रोनाल्डो तयार छन् । रियल म्याड्रिडका फरवार्डले शनिबार दुई गोल गर्नका साथै टोलीलाई महत्वपूर्ण जीत दिलाएका छन् ।

पेरिस सेन्ट जर्मेनविरुद्धको च्याम्पियन्स लिगको खेलअघि उत्तम तयारी थियो ।

रोनाल्डोको दुई गोलको मद्दतले रियलले १० खेलाडीमा सिमित गेटाफेलाई ३–१ गोल अन्तरले हराएको हो ।

मंगलबार जिनेदिन जिदानको टोली एस्पानियोलसँग आश्चर्यजनकरुपमा स्तब्ध बनेपनि गेराथ बेलले पहिलो हाफको शुरुवातमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा तीनवटा डिफेन्डरलाई छलाउँदै गोल गरे भने दोस्रो हाफको ७८ औँ मिनेटमा गोल गर्दै रियलाई सहज जित दिलाए ।

योसँगै रोनाल्डोले २८६ खेलमा रियलका लागि ३ सयौँ गोल पूरा गरेका छन् । यो सिजन ला लिगाको पहिलो हाफमा मात्र चार गोल गरेका रोनाल्डोले २१ खेलमा आफ्नो गोल संख्या १६ पुर्याएका छन् ।

यसअघि लोइक रेमी दुईवटा पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरनुपरेको थियो भने फ्रान्सिस्को पोर्टिलोले पेनाल्टीबाट गेटाफेका लागि सान्तवना गोल गरे ।

जीतसँगै रियल लिगको तेस्रो स्थानमा कायम रहेको छ । 

अब रियलले मंगलबार पीएसजीको सामना गर्नेछ ।

शनिबार भएको अन्य खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्यो भने भिल्लेरियाल भने आफ्नै घरेलु मैदानमा जिरोनासँग २–० ले स्तब्ध बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप