बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई आणविक आक्रमण भोगेको जापानमा अमेरिकाप्रति किन घृणा देखिँदैन ?

शनिबार, १९ फागुन २०७४, १० : ३२
शनिबार, १९ फागुन २०७४

टोकियो । अगष्ट १९४५ मा अमेरिकाले जापानका दुई शहरहरुमा आणविक बम खसाल्यो । सो आक्रमणका कारण लाखौँ जापानी नागरिकहरुको ज्यान गयो । साथै, यसले दोश्रो विश्वयुद्ध समाप्त ग¥यो । 

तर, यो विनाशकारी हमलाको बावजुद हाल जापान र अमेरिका राजनैतिक र सामाजिक रुपमा मित्र शक्ति हुन् ।

सन् २०११ मा सम्पन्न एक सर्भेक्षणमा ८५% जापानीहरु अमेरिकालाई सकारात्मक रुपले हेर्ने देखिएको थियो । 

जापानमा अमेरिकाप्रति कसरी यो मित्र भावना विकास भयो ?

यसको सबैभन्दा प्रमुख कारणमध्ये एक दोस्रो विश्वयुद्धको समयमा जापानमा सम्राट शोवाको शासन थियो । उनको शासनको समयमा जापानले आफ्नो सैन्य शक्तिमा व्यापक बृद्धी गरेको थियो । यसमा भएको खर्चले जापानमा आर्थिक संकट आएको थियो ।

साथै दोश्रो विश्वयुद्धको क्रममा उनले आफ्नो सेनालाई आत्मसमर्पण वा समातिनुभन्दा आत्महत्या गर्न निर्देशन दिएका थिए । यी कारणहरुले गर्दा शोवालाई जापानी इतिहासमा एक भयानक र अलोकप्रिय पात्रको रुपमा लिइन्छ । 

उनै सम्राटले दोश्रो विश्वयुद्धमा असंलग्न अमेरिकामाथि आक्रमण गरेर उसलाई युद्धमा ताने । त्यस समय अमेरिका र जापान दुवै एक अर्कालाई हराएर कब्जा गर्ने अवस्थामा थिएनन् त्यसैले युद्ध लम्बिने वाला थियो । 

अमेरिकाले आणविक हतियार प्रयोग गर्न हतार गर्नुको अर्को कारण सोवियत संघले १९४५ मा जापानमाथि युद्ध घोषणा गर्नु पनि एक थियो । पश्चिमी मोर्चामा बलियो जर्मनीलाई भर्खरै हराएको सोभियत संघको हातमा जापानलाई जान दिन चाहँदैन थियो, अमेरिका । 

आणविक हमला लगतै जापानी सम्राटले आत्मसमर्पण गरे । त्यसपछिको सात वर्ष जापानमा अमेरिकाको प्रत्यक्ष शासन चल्यो । सन् १९४५ देखि १९५२ बीचको अमेरीकी कब्जाको समयमा जापानको पुनर्निर्माणमा निक्कै ठूलो लगानी भयो । 

आर्थिक लगानीको अतिरिक्त अमेरिकाले जापानको अर्थतन्त्रमा लामो समयसम्म सकारात्मक परिवर्तन पार्ने श्रम अधिकार लागु ग¥यो । उसले तत्कालिन समयमा जापानी अर्थतन्त्रको विकासमा अवरोध गरिरहेको एकाधिकारहरु भङ्ग ग¥यो । साथै अमेरिकाले सो समयमा जापानको विकासमा महत्वपूर्ण भूमिका रहेको मानिने प्रविधिक र व्यवसाय मैत्री शिक्षाको जग बसाल्यो । सो समयमा अमेरिकाले आफूसँग रहेको प्रविधीहरु जापानसँग बाँढेर उसले हासिल गरेको ‘निर्माण हव’ को बाटो खोलिदिएको थियो ।

यसको अतिरिक्त जापानमा लागु रहेको संविधान अमेरीकी विज्ञहरुले बनाइदिएका हुन् । यही संविधान अन्तर्गत जापानी राजनीतिले स्थीरता प्राप्त गरेकाले यसलाई जापानको लोकतन्त्रका विकासका लागि जस दिइन्छ ।

युद्धपछिको जापानको पुनर्निर्माणमा अमेरिकाले गरेका यी हस्तक्षेपहरुले गर्दा जापानले आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक पुनर्बहाली हासिल गर्न सफल भयो । 

आज जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । र, अमेरिका उसको सबैभन्दा ठूलो आर्थिक सहयात्री हो । अमेरिका जापानको कार र विद्युतीय उत्पादनको सबैभन्दा ठूलो निर्यातकर्ता मध्ये पर्छ । साथै, दुई देशबीचमा एक ‘साझा सुरक्षा सहायता सम्झौता’ रहेको छ । यसको मुख्य बुँदामा दुई देशले एक अर्कोलाई बाह्य आक्रमणको समयमा सैन्य रुपमा प्रतिरक्षा गर्ने भनिएको छ । 

यी प्रयासहरुको परिणाम स्वरुप पछिल्लो पुस्ताका नागरिकमा एक अर्काप्रति सकारात्मक धारणाको विकास भएको पाइन्छ । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप