शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा होली मनाउदै नेपालीहरु (फोटोफिचर)

शुक्रबार, १८ फागुन २०७४, १८ : ०३
शुक्रबार, १८ फागुन २०७४

युएई– फागु पूर्णिमा अर्थात् होली पर्व नेपालमा मात्र नभएर बिदेशमा रहेका नेपालीहरुले आज मनाइँदैछन्  । दुबईमा कार्यरत नेपालीहरूले दुबईको पार्क पार्कमा शुक्रबार हर्सोलाका साथ बिभिन्न कार्यक्रमसहित होली पर्व मनाई रहेका छन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली मनाउने चलन भएपनि आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा लिईने होलि पर्वमा नेपालीहरूले दुबईमा एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाएको बताएका छन् ।

यसै गरी गैरआबासीय नेपाली संघ युएईले पनि शुक्रबारै दुबईको मम्जार पार्कमा होली पर्व मनाएको छ ।  नेपाली जनप्रगतिशिल मन्च युएई र प्रबासी नेपाली मन्च युएई बिच एक आपसमा सद्भाव, भातृत्व  साथ होली पर्व मनाएको हो । नेपाली समुदाय युएईले होलीको अबसर पारेर भलिबल प्रतियोगिता गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप