शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण पुगिन् अभिनेत्री श्रृष्टी अस्पताल

सोमबार, १९ असार २०७४, १५ : २९
सोमबार, १९ असार २०७४

काठमाडौं –अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । दाहिने हातको नाडिमा गहिरो चोट लागेपछि उनलाई शनिबार पौने ४ बजे अस्पताल पुर्याइएको हो ।

अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको   शनिबार साँझ नै अप्रेसन गरिएको छ । नायिका श्रृष्टीको नाडीमा गहिरो घाउ लागेको छ ।


श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् । 


श्रेष्ठका प्रेमी समेत रहेका अभिनेता सौगात मल्लले भने ‘लाउरे’ निर्माण युनिटलाई फोन गर्दै श्रृष्टिलाई १५ दिनको आराम चाहिएको बताएका छन् । श्रृिष्टको दराज लडेर हात भाच्चिएको भन्दै १५ दिन छुट्टी दिन उनले आग्रह गरेको निर्माण युनिटले जनाएको छ ।


पूर्व मिस नेपाल श्रृष्टि अभिनित पहिलो डेब्यू फिल्म ’गाजलु’ गएको वर्ष रिलिज भएको थियो । उनी अभिनित अर्को फिल्म ’रोमियो एन्ड मुना’ चाँडै प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप