शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ पुरुषहरु सम्पत्तिमा छोरीको मात्र हक हुने चलनबिरुद्ध गर्दैछन् संघर्ष

बिहीबार, १७ फागुन २०७४, १८ : ०९
बिहीबार, १७ फागुन २०७४

जहाँ घरमा पुरुषहरुको चल्दैन र राजनीतिमा महिलाहरुको । पुरुषहरुलाई बच्चा जन्माउने ‘गोरु’ मात्र ठानिएको गुनासो ।

मेघालय एक महिला प्रधान समाज हो जहाँ विवाहपछि पुरुषहरु आफ्नो श्रीमतीको घरमा बस्ने गर्छन् । 

यहाँ सम्पत्तिको हकदार पनि छोरीहरु हुने गर्छन् र छोरा पनि आफ्नो आमाको नामबाट चिनिन्छ ।

पूर्वोत्तर भारतको यो राज्यमा विधानसभाको चुनाव हुन लागेको छ । कयैन राष्ट्रिय र क्षेत्रीय दलहरु यो चुनावी संघर्षका लागि तयारी गरिरहेका छन् । 

तर महिला प्रधान समाज भएर पनि राजनीतिमा महिलाहरुको उपस्थिति शुन्य बराबर रहेको छ । महिलालाई टिकट दिने मामिलामा सबै राजनैतिक दलहरु समान रहेका छन् ।

भाजपाले चुनावमा मात्र दुई महिलालाई उठाएको छ । भाजपाकी राज्य नेता बियान्का किन्डीयाह भन्छिन् – महिलाहरुलाई राजनीतिमा स्थान बनाउन गाह्रो छ । 

उनी अगाडी भन्छिन्, ‘टिकट उसैलाई दिइन्छ जसले आफ्नो प्रतिद्वन्द्वीलाई कढा चुनौती दिनसक्छ र जसले चुनाव जित्ने सम्भावना रहन्छ ।’

बियान्का भन्छिन्, “हो, मेघालय एक महिला प्रधान समाज हो । यहाँ महिलानै सम्पत्तिको हकदार हुन्छन् । तर जब तपाईं राजनीतिको कुरा गर्नुहुन्छ काम बढो मुस्किल रहेको छ । महिलाहरुलाई पुरुषहरुको राजनीतिक संसारमा आफ्नो स्थान बनाउनु असम्भवजस्तै छ । जो एक दुई महिलाहरु राजनीतिमा रहेका छन् उनीहरु आफ्नो परिवारिक पृष्ठभूमिका कारण रहेका हुन् ।”

सबैभन्दा बढी सात महिलाहरुलाई टिकट काङ्ग्रेस पार्टीले दिएको छ । क्षेत्रीय दलहरुको त झन् दयनीय हालत रहेको छ ।

आखिर महिलाहरुलाई प्रत्यासी किन बनाउन चाहिरहेका छैनन् राजनीतिक संगठन ?

प्रमुख क्षेत्रिय दल युनाइटेड डेमोक्रेटिक पार्टीकी वरिष्ठ नेता प्रीति खारपुंगरो भन्छिन् – महिलाहरुलाई राजनीतिमा कुनै ठाउँनै छैन ।

प्रीति खारपुंगरो भन्छिन् “हाम्रो समाजमा पुस्तौँ पुस्तादेखि यही मान्यता रहेको छ कि महिला घरको मालिक हो । ऊ त्यहीँसम्म सिमित रहनुुपर्छ । चुनाव लड्न होस् वा युद्ध त्यसलाई पुरुषको काम मानिन्छ ।

महिलाहरुलाई यसमा पछाडिनै राखिएको छ । यसैले राजनीतिमा महिलाको सहभागिता शुन्य बराबर रहेको छ । यसैले कोही पनि महिलालाई उम्मेद्वार बनाउन चाहँदैन ।”

मेघालयमा ६० मध्ये ३६ विधानसभाको सीट यस्ता रहेका छन् जहाँ महिलाको जनसङ्ख्या पुरुषको भन्दा बढी छ । 

कुल ३०७ उम्मेदवारहरुमा मात्र ३३ महिलाहरु यो पटक चुुनाव लडिरहेका छन् । यिनमा पनि धेरै जसो स्वतन्त्र उमेदवारहरु रहेका छन् ।

पछिल्लो विधानसभाको चुनावमा पनि २५ महिला उमेदवार मात्र थिए जसमध्ये ४ ले मात्र चुनाव जित्न सके । यी चारै विजयी महिलाहरु काङ्ग्रेस पार्टीका हुन ।

पुरुषहरु पनि मागिरहेका छन् अधिकार
मेघालय जहाँको राजनीतिमा महिलाहरुको उपस्थिति कम छ त्यहीँ पुरुषहरु पनि आफ्नो केही अधिकारहरुको लागि लडिरहेका छन् । 

पुरुषहरुको भनाई छ कि मुख्यतः जनजातीय ‘खासी’ र ‘गारो’ समाजमा पुरुषहरुलाई न सम्पत्तीको अधिकार छ न तिनलाई घरको मुली मानिन्छ ।

पुरुषहरु आफ्नै घरमा एउटा ‘बाहिरी मान्छे’ जसरी रहन्छन् जसको घरमा केही लागु हुँदैन ।

पुरुषहरुको अधिकारहरुको लागि तीन दशकदेखि काम गरिरहेको संगठनको सदस्य हुन्–माइकल सीएम ।

उनका अनुसार उनको संगठनको प्रयासले गर्दा सरकार दुई वटा कानुन बनाउन बाध्य भयो, यसमा एक सम्पत्तिको अधिकार छ र अर्को विवाहको अनिवार्य दर्ता गर्नुपर्ने कानुन रहेको छ ।

बीबीसीसँग कुरा गर्दै माइकल सीएमले भने, “मान्छेहरुलाई बाहिरबाट हेर्दा लाग्छ कि मेघालय महिला प्रधान समाज हो । तर यो समाजमा रहने पु्रुषहरुलाई नै थाहा छ उनीहरु कुन पीडामा बाँचिरहेका छन् । यहाँ पुरुषहरुलाई बच्चा जन्माउने गोरु जस्तो मात्र व्यवहार गरिन्छ । घरमा बावुको कुनै महत्व छैन किनकी बच्चाहरु आमाको थरबाट चिनिन्छन् । संम्पत्तिमा सबैभन्दा कान्छी छोरीको ऊ नभए मामाको हक लाग्छ । पितालाई कुनै अधिकार छैन ।”

मेघालयको समाजमा अलग अलग बाबुबाट बच्चा जन्माउनु पनि सामान्य मानिन्छ ।

तर पछिल्लो समय विवाहको केही दिनभित्रै पति आफ्नो श्रीमतीको घर छाडेर जाने घटनाहरु बढिरहेको छ । मेघालयको सरकारले यी घटनाहरुलाई ध्यानमा राखेर विवाहको अनिवार्य दताको कानुन बनाएको

त छ तर चर्चको (मेघालय भारतको क्रिश्चियनबहुल थोरै राज्यमा पर्छ) विरोधको कारणबाट यसलाई लागु गर्न सकिएको छैन । 
    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप