मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको अधिनायकवादी कार्यशैली : काँग्रेस नेता लेखक

बिहीबार, १७ फागुन २०७४, १५ : १३
बिहीबार, १७ फागुन २०७४

रामेछाप-काँगेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले काँग्रेस नेतृत्वमा भएका कामको सफल कार्यन्वयनका लागि अव काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

उनले शान्ति प्रक्रिया टुंगाउन, संविधान निर्माण गर्न र तीन तहकै निर्वाचन मार्फत संविधान कार्यन्वयनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका निभाएको बताए । 

शहिद टिकाराज आरणको १८औँ श्रद्धाञ्जलीसभा तथा शालिक शिलान्यासका लागि रामेछापको मन्थली पुगेका नेता लेखकल संघीय संसदको सपथ नलिई प्रधानमन्त्री बन्न हतार गरेर केपी ओलीले सत्तालोलुप्ता देखाएको आरोप लगाए ।

उनले निवर्तमान सरकारले सिफारिस गरेका राष्ट्रिय सदस्यको नाम फिर्ता लिनु ओली सरकारको अधिनायकवादी कार्यशैली भएको बताए ।  

काँग्रेसले अंकगणितमा चुनाव हारेपनि मुद्दामा चाहिँ जितेको लेखकको दावी थियो ।

पार्टीका आन्तरिक विवाद हल गरेर काँग्रेस नयाँ तरिकाले उठ्नुपर्ने नेता लेखकको भनाई थियो । 

आरणको ससस्त्र द्धन्द्धको बेला तत्कालीन विद्रोहीपक्षबाट हत्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप