शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए क्यानाडामा सल्लाहकार, सदस्य र संयोजकको नियुक्ति

बिहीबार, १७ फागुन २०७४, १० : ३६
बिहीबार, १७ फागुन २०७४

क्यानाडा–एनआरएनए क्यानाडाले आफ्नो  कार्यसमिति बिस्तार गरेको छ । कार्यसमितिले सल्लाहाकार,सदस्य र विभिन्न उपसमितिमा संयोजक तोकेको हो ।

दुई वर्ष कार्यकाल रहने समितीमा क्यानाडाका विभिन्न क्षेत्र र प्रोविन्सका प्रतिनिधिहरुलाई समेटिएको संस्थाका महासचिव चिरन्जीबी घिमिरेले बताएका छन् ।

जसमा राष्ट्रिय समन्वय समिति सदस्यहरु , सल्लाहाकारहरु र विभिन्न उपसमितीका संयोजकहरु गरी ३० सदस्यहरुले थप गरिएका छन् । संस्थाको सल्लाहकारहरुमा डा. कुन्जनमणी शर्मा, ढुन्डी पाण्डे, प्रज्वल चपागाई, मुगा राजभन्डारी,डा. हरी गुरुङ, नारायण घिमिरे, प्रकाश ज्ञावाली, डा. गोविन्द दाहाल, खेम दाहाल, डा. पुरुषोत्तम राजसिह र राजेन्द्र गौतम छन् भने राधा बस्नेतलाई संस्थाको मानार्थ सल्लाहकारको रुपमा मनोनित गरिएको छ ।

त्यस्तैगरी राष्ट्रिय समन्वय समिति (एनसिसी) सदस्यहरुमा डा. लक्ष्मी पाठक,पान्डु श्रेष्ठ,ज्ञान गौतम र अलोक कोईराला, पार्वती कार्की र जगदिश कडेल मनोनित गरि कार्यसमितिलाई पूर्णता दिइएको छ ।

समितीले विभिन्न उपसमिति र त्यसका संयोजकहरु पनि तोकेको छ । विवाद समिति गठन गरि सो समितिको संयोजक अध्यक्ष गोपी काफ्लेले पाएका छन्  भने फन्डराइजिङ तथा कम्युनिटी भवन निर्माण समितिको जिम्मेवारी उपाध्यक्ष राज महतलाई दिईएको छ । प्रवक्ताको जिम्मेवारी रविन्द्र घिमिरेले सम्हालेका छन् ।

कार्यक्रम ब्यबस्थापना कमिटीमा दिपक श्रेष्ठ,सांस्कृतिक कमिटी सानुराजा महर्जन, कानुन सलाह–सुझाव कमिटीमा माधव दुलाल, इमिग्रेशन तथा जनसम्पर्क कमिटिमा बिनोदकुमार राना, युथ कमिटीमा क्रिजल केसीले जिम्मेवारी सम्हाल्ने भएका छ्न् । खेलकुद कमिटीमा पान्डु श्रेष्ठ,नेटवर्किङ तथा सदस्यता बिस्तार कमिटीमा करुण कार्की, लेखा सुर्य सापकोटा र महिला तथा बलबालिका कमिटिमा बिमला सापकोटालाई संयोजक तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप