शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समितिको जिम्मेवारी बाँडफाँड

बुधबार, १६ फागुन २०७४, १८ : ०५
बुधबार, १६ फागुन २०७४

धनगढी - प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ । 

बैठकले राजनीतिक समितिको नेतृत्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक र पूर्वाधार विकास समितिको नेतृत्व आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र प्रशासन तथा विधेयक समितिको नेतृत्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो । 

बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ र कार्य सम्पादन नियमावली २०७४ अनुरुप विषयगत मन्त्रालयहरूले प्राथमिकता तोकेर कार्ययोजना समेत बनाई तत्काल लागु गर्दै जाने निर्णय गरेको छ । 

यस्तै बैठकले प्रदेश सरकारका भवन र निवास सवारी साधन लगायतको समन्वय, व्यवस्थापन र अनुगमन गर्न भौतिक पूर्वाधार विकास मन्त्रीलाई जिम्मेवारी दिने र प्रदेश सरकारका निकायमा खटिने कर्मचारीको व्यवस्थापन र समन्वय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीलाई र प्रदेशका सहरी क्षेत्रमा सवारी साधनको समुचित व्यवस्थापनमा ध्यान दिन भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्य क्षेत्रको अनुगमन सामाजिक विकास मन्त्रीलाई जिम्मेवारी दिने निणर्य समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप