बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिडिओले झुटा मुद्दा लगाएको भन्दै व्यवसायीले गरे नारावाजी र धर्ना

बुधबार, १६ फागुन २०७४, १५ : ३३
बुधबार, १६ फागुन २०७४

सम्राट सिंह

बझाङ– झुठो आरोप लगाएर यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको भन्दै बझाङका यातायात व्यवसायीहरु सिडिओविरुद्ध आन्दोलित बनेका छन् । 

बसपार्कमा वर्कसप सञ्चालन गर्दै आएका व्यवसायी राजमल जाग्रीललाई सिडिओ धर्मानन्द जोशीले सार्वजनिक अपराधको मुद्दा चलाएपछि यातायात व्यवसायी आन्दोलित भएका हुन् । 

उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुल गेटमा सिडिओ जोशीविरुद्ध प्रदर्शन गर्दै नाराबाजी समेत गरे ।

सिडिओ जोशीले राजु अटो वर्कसपको नाममा फर्जी भ्याटबिल बनाई खरिद नै नभएको सामानको बिल बनाएर गत मंसिर २ गते वर्कसपका नाममा  ६९ हजार ४ सय ७४ रुपियाँको चेक जम्मा गरेको र पछि पैसा फिर्ता गर्न दवाब दिदा जाग्रीले पैसा नदिएपछि गालिगलौजको निहुँमा मुद्दा दर्ता गरेको जाग्रीका आफन्तले बताए । 

विरोधमा उत्रिएका व्यवसायीहरुले तत्काल मुद्धा फिर्ता लिनुपर्ने र पक्राउ परेका व्यक्तिलाई रिहा गर्नुपर्ने बताएका छन् । विरोधस्वरुप उनिहरुले बुधबार ६ घण्टा सवारी साधन संचालनमा राके लगाए ।

संचालक राजु जाग्रीले विलमा उल्लेख भएको भ्याट रकम कटाएर बाँकी रकम फिर्ता दिन मञ्जुर भएपनि सिडिओले पुरै रकम मागेको सार्वजनिक यातायातका अध्यक्ष नरेन्द्र खडकाले बताए ।  
उता सिडिओ धर्मानन्द जोशीले भने ३ महिना अगाडि मदिरा सेवन गरेर चैनपुर बजारमा होहल्ला गरिहेका जाग्रीका एक आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको र उनलाई छोडिदिन गरेको आग्रह नमानेपछि आफुविरुद्ध गाली गलौज गरेकोले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको बताए । 

यस्तो छ विल प्रकरण 
जिल्ला प्रशाशन कार्यालय बझाङले गत मंसिर ३ गतेको मितिमा राजु अटो वर्कसप एण्ड ड्राइभिङ सेन्टरबाट गाडीका लागि आवश्यक पर्ने लिनेर, पिस्टोन, हेड ग्यासकेट किट, हेडवाल लगायतका पाटपुर्जा फेरेको थियो ।  त्यसवापत वर्कसपले ७० हजार ४ सय २४ रुपैयाँको विल बनाएको छ । जिल्ला प्रशासन कार्यालयले वर्कशपको नाममा रहेको खाता नं ४११०००५७९४०१ मा ६९ हजार ४ सय ७४ रुपैयाँको भुक्तानी चेकमार्फत दिएको छ । सो विलमा १.५ प्रतिशत अग्रिम करकट्टी गरी बाँकी रकम भुक्तानी गरिएको जिल्ला प्रशासनले बताएको छ । 

तर, वर्कशप संचालक राजु जाग्रीले जिल्ला प्रशाशन कार्यालयले आफु चुनाव प्रचारमा गएका बेला श्रीमतीबाट भ्याट विल मागेर लगेको र आफ्नो वर्कशपमा हुदै नभएका सामानहरु किनेको भनेर विलमा उल्लेख गरेपछि आफुले रकम फिर्ता दिन इन्कार गरेको बताए । 

‘मैले सिडिओलाई गालिगलौज गरेको छैन, बरु,नक्कली विलको पैसा फिर्ता नदिएकोले म विरुद्ध सार्वजनिक अपराधको मुद्धा लगाएको हो’ जाग्रीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप