शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनु खड्काको पहिलो पुस्तक : ‘एक बर्ष ३६५ अबसर’ सार्वजनिक

बुधबार, १६ फागुन २०७४, ११ : १७
बुधबार, १६ फागुन २०७४

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाली समाजसेबी अनु खड्काले आफ्नो पहिलो किताब ‘वान इयर ३६५ अबसर’ सार्वजनिक गरेकी छिन् । न्यूयोर्कको ज्याक्सन हाइट्समा एभरेस्ट ट्राभल सञ्चालन गर्दै आएकी खड्काले फेव्रुअरी २० मा आफ्नो पहिलो कृति सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक पुस्तकामा जीबनलाई एक अबसरका रुपमा ब्याख्या गरिएको छ । उनका अनुसार, अमेरिका आएपछी र आउनु भन्दा अघिदेखी नै आफुले अमेरिका लाई एक अबसरका रुपमा हेरेको र त्यही अनुभब समेटेर कृति तयार पारेको बताएकी छन् । 

पुस्तकमा दैनिक जिबनमा उपयोगी कुराहरु समाबेस गरिएको छ । अमेरिकामा कसरी काम खोज्ने, आप्रबासीहरुका समस्या र समाधानका उपायहरु पुस्तकमा उल्लेख छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप