तनहुँमा लागुऔषध कारोबारीहरु पक्राउ
तनहुँ– तनहुँ प्रहरीले शुक्लागण्डकी नगरपालिका–५ चिल्लिचौरमा लागुऔषधसहित २७ बर्षिय रवि गुरुङलाई नियन्त्रणमा लिएको छ ।
शंका लागि नियन्त्रणमा लिएर उनको शरीर खानतलासी गर्दा लागुऔषध डाईजेपाम ३२ थान, नुफिन ३७ थान र फेनारागन ३४ थान गरी जम्मा १०३ थान बरामद गरेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरि मंगलबार बन्दिपुर गाउँपालिका १ मा शंकास्पद अवस्थामा भेटिएका लमजुङ सुन्दरबजार नगरपालिका–९ भोटेवडारका २१ वर्षिय सन्तोष गुरुङलाई नियन्त्रणमा लिई उनको शरिर खान तलासी गर्दा झोलाभित्र पानी टेप र पत्रिकाले बाँधेर लुकाएको अबैध लागु औषध नाइट्राभेट ३ पत्ता (४५ चक्की), डाईजेपाम ५ थान, फेनरागन ५ थान र नुफिन ५ थान बरामद गरेको छ ।
लागुपदार्थ सहित पक्राउ परेका गुरुङद्वयलाई लागु औषध सम्बन्धि मुद्दा दर्ता गरीमंगलबार तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा