शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा निमोनियाको प्रकोप बढी : यी हुन् बालबालिकामा देखिने शीर्ष १० रोग

मङ्गलबार, १५ फागुन २०७४, ११ : १८
मङ्गलबार, १५ फागुन २०७४

काठमाडौँ– बालबालिकामा लाग्ने विभिन्न रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । बाल चिकित्सकहरूको भनाइअनुसार पनि नेपालमा बालबालिका मुत्यु गराउने प्रमुख रोग निमोनिया नै हो । यो समस्या बढी मात्रामा ५ वर्षमुनिका बालबालीमा बढी देखिन्छ ।

निमोनिया हुने बालाबालिकाको सङ्ख्या हेर्ने हो भने अन्य रोगभन्दा दोब्बर नै रहेको छ । कान्ति बाल अस्पतालको तथ्याङ्कलाई नै हेर्ने हो भने अन्य रोगको बिरामीभन्दा निमोनिया रोगीको सङ्ख्या दोब्बर नै देखिएको छ ।

टप १० मा रहेको रोगहरूमध्ये पहिलो नम्बरमा निमोनिया रहेको छ । आर्थिक वर्ष २०७१÷०७२ मा १ हजार ५ सय ७२ जना निमोनिया भएका बालबालिकाको उपचार गरिएको थियो । यस्तै दोस्रो नम्बरमा एन.एन.एस  देखिएको छ । यो समस्या २८ दिनभन्दा मुनिका शिशुहरूमा देखिने हो । जुन समस्या देखिएको बालबालिकाको सङ्ख्या ८ सय १५ रहेको छ ।

आ.व. २०७१/०७२ मा बालबालिकामा देखिएको टप टेन रोगहरू यस प्रकार रहेका छन् ।

यो आर्थिक वर्षमा कान्तिबाल अस्पतालमा ५ हजार २ सय २० जना बालबालिको रोगको पहिचान भएको थियो । यस्तै आर्थिक वर्ष २०७२÷०७३ मा पनि विभिन्न रोगमध्ये टप १० मा यिनै रोगहरू परेका छन् । पहिलो नम्बरमा निमोनिया नै रहेको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा २०७२/०७३ मा निमोनिया लाग्ने बालबालिकाको सङ्ख्या बढेको देखिन्छ । कान्तिबालले निमोनिया लागेको मात्रै १ हजार ७ सय ८४ जना बालबालिकाको उपचार गराएको थियो । यो तथ्याङ्क आ.व. २०७१/०७२ भन्दा २ सय १२ बढी हो ।

यो आ.व. मा टप टेनका १० प्रकारको रोग लाग्ने बालबालिकाको सङ्ख्या पनि बढी नै रहेको छ । टप टेन रोग ५ हजार ५ सय ६३ जना बालबालिकालाई लागेको थियो ।

आ.व. २०७३/०७४ मा भने निमोनिया रोग लाग्ने बालबालिकाको सङ्ख्या कम रहेको छ । हामीलाई कान्तिबाल अस्पतालको मेडिकल रेकर्ड शाखाबाट प्राप्त जानकारीअनुसार १ हजार २ सय ७५ जना बालबालिकामा निमोनिया भएको उल्लेख गरिएको छ । यो सङ्ख्या अघिल्लो आ.व.को तुलनामा कम हो । तर बालबालिकामा लाग्ने रोगहरूमध्ये पहिलो नम्बरमा भने निमोनिया नै रहेको छ ।
कान्तिबाल अस्पतालबाट स्वास्थ्य परीक्षण गराउने बालकालिहरूको पनि सङ्ख्या बढ्दै गइरहेको देखिन्छ । आ.व. २०७३ ÷०७४ मा २ लाख ५५ हजार ७ सय ९० जना बालबालिकाले स्वास्थ्य परीक्षण गराएको थियो । 

यस कारणले हुन्छ निमोनिया
विश्वमा १६ लाख बालबालिकाको मुत्युका कारण निमोनिया बन्ने गरेको छ । यस्तै नेपालमा अनुमानित ५ वर्षमुनिका ५ हजार बालबालिकाको निमोनियाकै कारण मृत्यु हुने गरेको छ । निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा फोक्सोका कोषहरू सुनिन्छन् र श्वासप्रश्वासमा समस्या हुन्छ । मानव स्वास्थ्यमा ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ ।

निमोनिया सूक्ष्म किटाणु, ब्याक्टेरिया भाइरसहर वा फङ्गसहरूले गराउँछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरूले गर्दा यी विभिन्न किटाणुहरूको सङ्क्रमणले प्रभाव पार्छ । समुदायमा हुने निमोनिया ३ हप्ताको उमेरदेखि ४ वर्षको उमेरसम्मका बालबालिकामा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरियाको सङ्क्रमण बढिहरने चिकित्सकहरूले बताएका छन् । ५ वर्ष भन्दा माथिको बालबालिकामा माइकोप्लास्मा निमोनिया र क्लामाइडिया किटाणुको सङ्क्रमण बढी हुन्छ । यस्तै अन्य स्वस्थ्य बालबालिकामा टिबी  वा निमोसिसटिस जेरोवेसी, साल्मोनेला, इकोलाई तथा एटिपिकल माइको ब्याक्टेरियाले निमोनिया हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप