पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री थापाको निर्देशनः राष्ट्रको आवश्यकता पूरा गर्नेगरी काम गर्नुहोस्
सोमबार, १४ फागुन २०७४, १८ : ५६
काठमाडौं– नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहण गरेका छन् । उनले सोमबार अपरान्ह सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा नवनियुक्त गृहमन्त्री थापाले जनताको अपेक्षा र राष्ट्रको आवश्यक्ता पूरा गर्नेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसले ल्याएका चुनौती सामना गरेर अघि बढने प्रतिबद्धता पनि ब्यक्त गरे । नवनियुक्त गृहमन्त्री थापाले राम्रो काम गर्नेहरुलाई पुरस्कृत र नराम्रो काम गर्नेहरुमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए । यसअघि रक्षामन्त्री समेत भईसकेका नवनियुक्त गृहमन्त्री थापाले बदलिँदो परिस्थितिअनुसार सुरक्षा रणनीति तय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण (तस्बिरहरू)
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश