पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री थापाको निर्देशनः राष्ट्रको आवश्यकता पूरा गर्नेगरी काम गर्नुहोस्
सोमबार, १४ फागुन २०७४, १८ : ५६
काठमाडौं– नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहण गरेका छन् । उनले सोमबार अपरान्ह सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा नवनियुक्त गृहमन्त्री थापाले जनताको अपेक्षा र राष्ट्रको आवश्यक्ता पूरा गर्नेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै त्यसले ल्याएका चुनौती सामना गरेर अघि बढने प्रतिबद्धता पनि ब्यक्त गरे । नवनियुक्त गृहमन्त्री थापाले राम्रो काम गर्नेहरुलाई पुरस्कृत र नराम्रो काम गर्नेहरुमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए । यसअघि रक्षामन्त्री समेत भईसकेका नवनियुक्त गृहमन्त्री थापाले बदलिँदो परिस्थितिअनुसार सुरक्षा रणनीति तय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण