आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले गरे यस्तो प्रतिबद्धता

सोमबार, १४ फागुन २०७४, १८ : ४९
सोमबार, १४ फागुन २०७४

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार अपरान्ह पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले सञ्चारकर्मीमाझ अर्थमन्त्रीको रुपमा नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देशन गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको पनि स्पष्ट पारे । उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरे । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन अनुसार बामगठबन्धनले तयार पारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजाने पनि बताए ।

नवनियुक्त अर्थमन्त्री खतिवडा विकास र मौद्रिक नीतिका विज्ञ रहेका छन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिका कशुलतापूर्वक निर्वाह गरिसकेका छन् । ओली नेतृत्वको अघिल्लो सरकारमा पनि नवनियुक्त अर्थमन्त्री खतिवडाले आर्थिक नीति निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । अर्थमन्त्रीको रुपमा लोककल्याणकारी राज्यको अवधारणा अनुसार अघि बढने उनको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप