पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले गरे यस्तो प्रतिबद्धता
काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार अपरान्ह पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले सञ्चारकर्मीमाझ अर्थमन्त्रीको रुपमा नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरे ।
नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देशन गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको पनि स्पष्ट पारे । उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरे । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन अनुसार बामगठबन्धनले तयार पारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजाने पनि बताए ।
नवनियुक्त अर्थमन्त्री खतिवडा विकास र मौद्रिक नीतिका विज्ञ रहेका छन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिका कशुलतापूर्वक निर्वाह गरिसकेका छन् । ओली नेतृत्वको अघिल्लो सरकारमा पनि नवनियुक्त अर्थमन्त्री खतिवडाले आर्थिक नीति निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । अर्थमन्त्रीको रुपमा लोककल्याणकारी राज्यको अवधारणा अनुसार अघि बढने उनको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण