शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन हुन्छ अमेरिकामा यति धेरै बन्दुक हमला ?

सोमबार, १४ फागुन २०७४, ११ : १४
सोमबार, १४ फागुन २०७४

अमेरिकी राजनीतिमा एनआरएको प्रभाव

एजेन्सी– १४ फेब्रुअरीमा अमेरिकामा फेरि अर्को आम बन्दुक हमलाको घटना भयो । यसमा १७ जना स्कुले विद्यार्थीले ज्यान गुमाए । यो हमला पछिल्लो पटक अमेरिकामा भएका ठूला हमलामध्येमा पर्छ । साना

हमला भने अनगिन्ती हुने गर्छ । वर्षभरि हुने हमलाको निगरानी राख्न http://www.shootingtracker.com/  नामक वेबसाइट नै खोलिएको छ । प्रत्येक वर्ष अमेरिकामा कुनै गृहयुद्धमा रहेको

देशमा जति मान्छे साना बन्दुकको प्रयोगबाट मारिन्छन् । सन् २०१६ मा अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा ११,००० मान्छेको ज्यान गएको थियो । यो प्रत्यक वर्षको हुने औसत हत्या हो ।

मारजोरी स्टोनम्यान डग्लस उच्च विद्यालयमा भएको यो बन्दुक हमला स्कुलमा भएको यो वर्षको छैटौँ हमला हो ।

अघिल्लो वर्ष लस भेगासको कन्सर्टमा भएको हमलामा ५८ जनाको ज्यान गएको थियो । सो हमला अमेरिकी इतिहासकै खराबमध्ये एक थियो ।

प्रत्येक हमलापछि अमेरिकामा सजिलै बन्दुक किन्न पाइने व्यवस्थाबारे बहस हुने गर्छ र समयसँगै तिनीहरू सेलाएर जान्छन् । आखिर किन त्यस्तो हुन्छ ?

अमेरिका र अन्य राष्ट्रमा बन्दुकको अवस्थाको तुलना

२०१७ मा प्यु सर्भेमा लगभग ४० प्रतिशत अमेरिकीहरूले आफूसँग वा आफ्नो घरमा बन्दुक रहेको बताएका थिए । अमेरिकामा बन्दुकसँग सम्बन्धित हत्या विश्वमै उच्च रहेको छ । जस्तो माथि नै भनियो सन् २०१६ मा बन्दुकसँग सम्बन्धित घटनामा ११,००० मारिए ।

हुन त विश्वका नागरिकसँग कति बन्दुक छन् ठ्याक्कै भन्न त सकिन्न तर विभिन्न अनुमानले अमेरिकी नागरिकसँग २७ करोड बन्दुक रहेको देखाएको छ ।

प्रतिसय व्यक्तिसँग बन्दुकको तुलना गरेर हेर्ने हो भने अमेरिकामा विश्वमा सबैभन्दा बढी बन्दुकको स्वामित्व भएको देश हो । द्वन्द्वग्रस्त यमनमा भन्दा बढी हतियार यो सम्पन्न देशमा रहेको देखिन्छ । त्यसपछि सम्पन्न राष्ट्र स्विजरल्यान्ड र फिनल्यान्डसँग बन्दुकको स्वामित्व रहेको देखिन्छ । तर तिनमा त्यो अवस्था तिनले आफ्ना १८ वर्ष पुगेका सम्पूर्ण पुरुषहरूका लागि अनिवार्य सैन्य सेवामा संलग्न हुनुपर्ने अवस्थाले निम्त्याएको हो ।

बन्दुकको सहजता
अमेरिकामा बन्दुकहरू जुन हिसाबले सहज र सस्तो पाइन्छ अन्य देशका मान्छेहरूका लागि यसले आश्चर्यमा पार्नसक्छ ।

लस एन्जेलसमा ७८ जनाको ज्यान जाने गरी भएको आक्रमणमा प्रयोग भएको अत्यधुनिक बन्दुक म्याक प्रोको मूल्य (१५०० डलर) मा पाइन्छ । समान्य हाते बन्दुकहरू २०० डलरमा आउने गर्छ ।
कसले संरक्षण गरिरहेको छ यो अवस्था ?

अमेरिकी संविधानको दोस्रो संशोधनले नागरिकको हतियार राख्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । हतियारको स्वामित्वको वकालत गर्नेहरूले यही संवैधानिक व्यवस्थालाई देखाएर बन्दुक नियन्त्रणको प्रयासलाई निस्तेज बनाउँछन् ।

यसको वकालत गर्नेमा सबैभन्दा बलियो संस्थामा एन.आर.ए. (नेसनल राइफल एसोसिएसन) हो । एन.आर.ए. अमेरिकी राजनीतिमै सबैभन्दा बलियो स्वार्थ समूह हो । यसको प्रभाव यसले राजनीतिक नेतालाई प्रभाव पार्न खर्च गर्न सक्ने क्षमताबाट मात्र होइन यसका ५० लाख सदस्यहरूबाट पनि आउँछ । यसका अधिकांश सदस्य अमेरीकाको दक्षिणपन्थी राजनीतिका समर्थक मानिन्छन् । यसमा साना हतियार कम्पनीको ठूलो लगानी रहेको मानिन्छ ।

यसले संसदमा आउने बन्दुक नियन्त्रणका सानाठूला सबै प्रस्तावको विरोध गर्ने गर्छ । यसले अमेरिकाको सङ्घीय र प्रदेशस्तरमा बन्दुक नियन्त्रणका लागि भएका कानुनसमेत उल्टाउन अभियान चलाउने गरेको छ ।

यसको वार्षिक बजेट लगभग २५ करोड डलर हुने गरेको छ । यसले यो रकममध्ये अधिकांश रकम शैक्षिक कार्यक्रम, बन्दुक सेवाहरूको आकर्षणको प्रचार, सदस्यता विस्तार कार्यक्रम, विज्ञापन, कानुनी अभियान र अन्य बन्दुक सम्बन्धित कार्यक्रमका लागि खर्च गर्ने गर्छ ।

राजनीतिक शक्तिका रूपमा एन.आर.ए.ले वासिन्टनमा एउटा यस्तो प्रतिष्ठा बनाएको छ, जसले चाहेमा एक बलियो नेतालाई समेत बनाउन वा गिराउन सक्छ भनिन्छ ।

यसले अमेरिकी संसदका प्रत्येक नेतालाई बन्दुक नियन्त्रणको समर्थनको आधारमा ग्रेडिङ गर्ने गर्छ र निर्वाचनको समयमा यसले आफ्ना सक्रिय सदस्य र पैसा नेतालाई जिताउन वा हराउन प्रयोग गर्ने गर्छ ।
यसको पछिल्लो उदाहरण सन् २०१६ को राष्ट्रपति निर्वाचन हो । यसले बन्दुक स्वामित्वको उग्र समर्थन गरेका डोनाल्ड ट्रम्पको पक्षमा ३ करोड डलर खर्च गरेको थियो ।

एन.आर.ए.को रणनीति एकदमै प्रभावकारी हुनु पछाडि यसले आफ्नो सदस्यमाझ बन्दुक राख्न पाउनु अमेरिकी पहिचानसँग जोड्न सक्नु हो । बन्दुक नियन्त्रण गर्नुपर्छ भनेर माग गर्नेहरू यसरी सङ्गठित र उद्देश्यमा नबाँधिएकाले प्रत्येक पटक ठूलो हमला भएपछि भावुकताले मात्र एक हुने गर्छन् । समय घर्केसँगै मान्छेले घटना विर्सन थाल्छन् फेरि पनि जस्ताको तस्तै ।

यो इतिहाससँग परिचित एन.आर.ए.ले ठूला हमला भएपछिको केही समय संसदमा छलफलमा आउने बन्दुक नियन्त्रणको कानुन आफ्ना प्रभावमा रहेका सांसदलाई लामो बहस गर्न लगाएर विलम्ब गराउन लगाउँछ । यो रणनीति निक्कै फलदायी हुने गरेको छ ।

पछिल्लो समय न्युयोर्क सहरका पूर्वमेयर माइकल ब्लुमबर्गले बन्दुक विरोधीहरूको पनि एन.आर.ए. जस्तै समूह बनाउने प्रयास गरेका छन् । तर सन् २०१३ मा स्थापना भएकाले हाल प्रारम्भिक अवस्थामा रहेकाले यसको राजनीतिमा प्रभाव पार्न सक्ने स्तर बनाउन सकेको छैन ।

एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप