बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय उद्घाटन् गर्दै प्रचण्डले दिए निर्देशन

आइतबार, १३ फागुन २०७४, १९ : ५९
आइतबार, १३ फागुन २०७४

भरतपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिएका छन् ।  भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं. ३ को सम्पर्क कार्यालयको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान क्षेत्र नं. ३ र चितवनको विकास र सुशासनमा केन्द्रीत रहेकोले जनताका घरघरमा हुने दुःख र सुःखमा साथ दिन जनता र कार्यकर्तालाई निर्देशन दिए ।  उनले भने, “प्रचण्डले निर्वाचन जितेको क्षेत्र र सिँगो चितवनमा सुशासन, जनताका दैनिक समस्याको समाधान तथा  साना ठूला विकास कसरी काम हुन्छ भन्ने कुरा सिँगो राष्ट्र र विश्वले हेरेको हुन्छ । लोकतान्त्रिक

गणतन्त्रको नेतृत्वले पहिलोपटक निर्वाचन लडेर यहाँ सुसशान र समस्या समाधान गर्न कस्तो विधि प्रणाली स्थापित गर्छ भन्ने सबैले हेरेको हुन्छ ।” अध्यक्ष प्रचण्डले भने, “त्यसैले सम्पर्क कार्यालयले जनताका घरघरमा हुने समस्या, गुनासा सुन्ने र तिनको समाधान पहिल्याउने भूमिका निर्वाह गर्न सकोस भनेर कार्यालय स्थापना गरिएको हो”

विकास निर्माण, सुशासन र जनसरोकारका कामहरु योजनाबद्धरुपमा अघि बढाउन जनसम्पर्क कार्यालयको आवश्यकता बोध गरेर स्थापना गरिएको बताउँदैदै अध्यक्ष प्रचण्डले जनताका समस्या समाधानमा संस्थागत प्रयास गर्ने अवसरलाई उपयोग गर्न सम्पर्क कार्यालयले भूमिका खेल्ने बताए । उनले भने, “जनताका गुनासा केन्द्रीत गर्ने सुख, दुखमा जनतासँग प्रत्यक्ष जोडिने काम यो कार्यालयमार्फत हुने छ ।

हरेक घरघरमा हुने समस्या के छन् ? कतिबेला दुःख पर्छ, कतिबेला सुःखका कुरा आउँछन, त्यतिबेला पार्टी र सांसदलाई जोडने पुलको रुपमा कार्यालयका कमरेडहरु भूमिका खेल्नुपर्ने हुन्छ । जनताको कुनै पनि गुनासो सुनिएन भन्ने गुनासो नआओस् ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप