शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपहरण मुद्दाका फरार तामाङ पक्राउ

आइतबार, १३ फागुन २०७४, १९ : ४८
आइतबार, १३ फागुन २०७४

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अपहरण मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले पुनरावेदन अदालत पाटनको मिति २०७० वैशाख ३१ को फैसलाले नौ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका धादिङका २७ वर्षीय सुनिल तामाङलाई शनिबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । 

तामाङले शिवबहादुर खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा अपहरण गरी बन्धक बनाई राखेकाले तामाङविरुद्ध खड्काले जाहेरी दिएकामा अदालतले उक्त फैसला सुनाएको थियो ।  पक्राउ परेका तामाङलाई अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि जगन्नाथ देवल (केन्द्रीय) कारागार पठाइएको ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप