शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर नगरपालिकाले लियो एक्सन

आइतबार, १३ फागुन २०७४, १९ : २६
आइतबार, १३ फागुन २०७४

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा राखिएको फुटपाथ पसल जफत गर्न सुरु गरेको छ । यसअघि नगरपालिकाले सडकको किनारामा सामान बेच्दै आएका व्यापारीहरुलाई १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको थियो । 

सूचना जारी गर्दा समेत अटेर गरेको भन्दै मंगलवारबाट नगरपालिका सामान जफत गर्न लागेको हो ।  नगरपालिकाले मंगलबार सुरक्षाकर्मीसहित कडा ढङ्गले सामानहरु हटाउन थालेको छ । पहिलो दिन नगरपालिकाले मंगलगढीचोकको सडक किनारामा राखिएका केही सामग्री लगाएत पाल हटाएईको छ । 

मंगलबारजफत गरिएका व्यवसायीका सामानहरु बुधवार जरिवाना तिराएर फिर्ता गर्ने नगरपालिकाका अनुगमन प्रमुख यामलाल गिरीले जानकारी दिए । प्रदेशकै राजधानी भएकाले नगरलाई सफा सुन्दर राख्नका लागि यो अभियान सुरु गरिएको उनले बताए । 

नगरपालिकाको सडकको फुटपाथमा व्यवसाय सामग्री राख्नेलाई पहिलो पटक रु ५००, दोस्रो पटक एक हजार, तेस्रो पटक सामग्री जफत गर्ने जनाएको थियो । ६ नम्वर प्रदेशकै राजधानीका रुपमा हेरिएको वीरेन्द्रनगर शहरलाई सफा एवम स्वच्छ शहर बनाउन नगरपालिकाले बजार एवंम शहर व्यवस्थापन अभियान २०७४ संञ्चालन अवधारण पत्र समेत सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप