शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौँः मुख्यमन्त्री गुरुङ

आइतबार, १३ फागुन २०७४, १९ : ०९
आइतबार, १३ फागुन २०७४

सुन्दरबजार– प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गरेका छन् ।  लमजुङमा आयोजित आठौं सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताए । 

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गरे । उनले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताए । 

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप