बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया अमेरिकासँग तत्काल वार्ता गर्न तयार छः दक्षिण कोरिया

आइतबार, १३ फागुन २०७४, १८ : ४२
आइतबार, १३ फागुन २०७४

एजेन्सी– उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न ‘निकै इच्छुक’ रहेको जनाएको दक्षिण कोरियाले आइतबार बताएको छ ।  दक्षिण कोरियाको राजधानी सोलमा रहेको राष्ट्रपतिको कार्यालय (ब्लु हाउस) का अनुसार उत्तर कोरियाबाट शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन आएको प्योङयाङको प्रतिनिधिमण्डलले आफ्नो मुलुक अमेरिकासँग वार्ता गर्न चाहेको वताएको हो । 

“दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटका क्रममा उत्तर कोरियाको प्रतिनिधिमण्डलले दुई कोरियाली मुलुकबीच वार्ताका लागि सहमति जनाएको छ,” ब्लु हाउसले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

प्योङयाङका प्रतिनिधिले उक्त अवसरमा गरेको कुराकानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरिया–अमेरिकाबीचको सम्बन्ध सुधार हुनुपर्नेमा समेत सहमत भएको छ ।”  उत्तर कोरियाले कुनै पूर्वशर्त बिना वार्ता गर्ने बिषयमा पटकपटक इच्छा व्यक्त गरेको बताइए पनि यसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ ।  अमेरिकाले वार्तामा बस्नुपूर्व उत्तर कोरियालाई आणविकविहीन बनाउने बिषयमा ठोस कदम चालिनुपर्ने बताउँदै आएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप