बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले निकट पर्यटन व्यावसायी संगठनको अध्यक्षमा आचार्य

आइतबार, १३ फागुन २०७४, १६ : १८
आइतबार, १३ फागुन २०७४

काठमाडौँ– नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा मदनकुमार आचार्य निर्वाचित भएका छन् । शुक्रबार र शनिबार दुई दिनसम्म भएको संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले दुईवर्षीय कार्यकालका ५९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । संगठनका उपाध्यक्षमा घनेन्द्रबहादुर श्रेष्ठ, सिएन पाण्डे, सीताराम सापकोटा, कृष्णकुमार अर्याल, सूर्यबहादुर भुजेल, कृष्णहरि खत्री, टीकाराम गुरुङ र राजेन्द्रप्रसाद सापकोटा चयन भएका छन् । 

महासचिवमा पूर्णबहादुर कुँवर, उपमहासचिवमा कृष्णराज भट्टराई र पूर्णचन्द्र भुसाल तथा सचिवमा शिव लामिछाने, कुमार थापा, वीरेन्द्रबहादुर अधिकारी, यमबहादुर खड्का, नारदकुमार लुइँटेल, लक्ष्मण लम्साल, ङावाङिमा शेर्पा र मदन भण्डारी निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा कलाधर बराल र सहकोषाध्यक्षमा तारानाथ लामिछानेलाई सर्वसम्मत चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप