बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खलनायक प्रशान्त सहित चार अभिनेत्रीले खोले सामुयल डाइरेक्टको घुम्टो

आइतबार, १३ फागुन २०७४, १५ : ५२
आइतबार, १३ फागुन २०७४

काठमाडौं –  अन्तराष्ट्रिय कोरियोग्राफर तथा चलचित्रका खलअभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री, निर्मात्री बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य, हर्षिका श्रेष्ठ, कमली वाइवालगायत कलाकार शनिबार नयाँ बजारको खुशिबुस्थित शो रुममा भेटिए ।

उनीहरु सबै उक्त स्थानमा कुनै चलचित्रको सुटिङका लागि नभएर सोशी शोरुप उद्घाटनमा पुगेका थिए । ब्याबसायिक सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको चर्चित ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभरलगायतका उत्पादनहरु पाइन्छ ।
 
– समयको बेलायत बसाइमा मेमोरी फर्म र सामुयल डाइरेक्ट ब्रान्डबारे प्रचुर ज्ञान हासिल गरि नेपालमा पहिलोपटक उक्त ब्राण्डका उत्पादनको बिक्री सुरु गरेको जानकारी सज्जाले दिइन् । बजारमा पाइने मेमोरी फर्मका उत्पादनभन्दा आफूहरुले निकै कम रेटमा ब्राण्डेड सामाग्री उपलब्ध गराउने दावी उनको छ । 

– खलअभिनेता प्रशान्तले सामुयल डाइरेक्टका प्रोडक्टहरु नेपाली बजारमा लोकप्रिय हुने बिश्वास ब्यक्त गर्दै आफू पनि यस ब्राण्डप्रति आकर्षित भएको बताए ।

– अभिनेत्री सुस्मिता बम्जनले नेपालका लागि नयाँ भए पनि सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपीयन बजारमा निकै चर्चित रहेको बताइन् ।

–ब्याबसायिक सज्जाले बिस्तारै देशका अन्य शहरमा पनि शो रुम बिस्तार गर्ने योजना रहेको सुनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप