मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा अनौठो बच्चा जन्मियो (तस्बिरसहित)

आइतबार, १३ फागुन २०७४, १४ : ४५
आइतबार, १३ फागुन २०७४

रामहरि श्रेष्ठ
 

ओखलढुंगा–ओखलढुंगामा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो शिशु (छोरी)लाई जन्म दिएकी हुन् ।

 २९ वर्षीय विपना  र लक्ष्मण गुरुङको पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईओटा जस्तो देखिने टाउको छ ।  नवजात शिशुको टाउकोको दायाँपट्टिको भाग निकै ठूलो छ ।
२ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन ।

 शिशुको हात, खुट्टा, तथा शरीरका अन्य अंगहरु भने सामान्य छ । अहिले आमाको स्वास्थ्य अवस्था समेत समेत सामान्य रहेको र शिशुलाई इन्कुवेटरमा राखेर पाइपमार्फत आमाको दुध खुवाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् ।

शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागि काठमाडौं पठाइने अस्पतालका एमडिजिपी चिकित्सक संजय पोख्रेलले बताए ।

 डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने उनले बताए ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारीरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुमा बिशेषगरी ढिलो उमेरमा बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिनको कमी हुनु रहेको चिकिस्तकहरुको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप