शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायललाई विश्वशक्तिका रूपमा उभ्याउने मोसादको ‘अप्रेसन थन्डरबोल्ट’

आइतबार, १३ फागुन २०७४, १४ : ०५
आइतबार, १३ फागुन २०७४

मोसाद इजरायलको जासुसी संस्थाको नाम हो । ‘अप्रेसन थन्डरबोल्ट’ यो सस्थालाई चर्चामा ल्याउने अझ सँसारको खतरनाक जासुसी सस्थाँको रूपमा स्थापित गर्ने अपरेशन हो ।

इजरायलबाट उडेको एक विमान अपरहण गरिन्छ । त्यसपछि विमानलाई युगान्डामा ओरालिन्छ । युगान्डामा शासन गरिरहेका तानाशाह इदि अमिनले अपहरणको समर्थन गर्छन् । विमानमा रहेका यात्रुलाई दुस्मन देशमा प्रवेश गरेर छुटाउनु थियो, त्यो पनि दुस्मन देशमा पसेर । काम लगभग असम्भव थियो । त्यसैले यसलाई ‘मिसन इम्पोसिबल’ पनि भनिएको थियो ।

तर मोसाद र यसमा संलग्न सय कमान्डो फौजले यो काम सम्पन्न गर्यो । त्यो रात सय फिटको उचाइमा प्लेन उडाएर मोसादले जुनकाम सम्पन्न गर्यो, त्यसको उदाहरण आज पूरै दुनियामा दिइन्छ ।

२७ जुन १९७६ रात ११ बजे । बेनगुरियन इन्टरनेसनल एयरपोर्ट, तेल अविव 
एयर फ्रान्सको एयरबस ए थ्री जीरो जीरो बी फोर टु जीरो थ्री इजरायलबाट ग्रिसको राजधानी एथेन्सको उडान भरिरहेको थियो । विमानमा २४६ यात्रु र १२ क्रु सदस्य सवार थिए । त्यसमा अधिकाश यात्रुहरू इजरायली थिए ।

२७ जुन १९७६ रात १२ः३० बजे । एथेन्स इन्टरनेसनल एयरपोर्ट, एथेन्स 
ट्रान्जिटका लागि एथेन्सको एयरपोर्टमा ओर्लिएको सो विमानमा ५८ यात्रुहरू थपिन्छन् । विमानले अब पेरिसको यात्रा भर्नुपर्ने थियो । तर रातको १२ः३० बजे विमान उडेलगतै अपहरणमा पर्छ । एथेन्समा चढेका ५८ नयाँ यात्रुमध्ये चारजना अपहरणकारी थिए । चार जनामध्ये दुई वादी हदाद नेतृत्वको प्यालेस्टिनी लिबरेसन फ्रन्टका सदस्य थिए भने बाँकी दुई जना जर्मन रिभोलुसनरी सेलका सदस्यले तिनलाई सघाइरहेका थिए । यीमध्ये एक जना ककपिटमा पसेर विमानचालकहरूलाई आफ्नो नियन्त्रणमा लिए र विमानलाई आफ्नो निर्देशनमा चलाउन थालेका थिए ।

अपहरणकारीले विमानलाई पेरिसको रुटबाट मोडेर लिबियाको सहर बेन्घाजी ओराले । विमान बेन्घाजीमा सात घण्टासम्म रोकिएको थियो । सो क्रममा विमानमा इन्धन भरियो र एक बेलायतमा जन्मिएकी इजरायली महिलालाई बिरामी भएका कारण मुक्त गरियो । बेन्घाजीबाट विमानलाई युगान्डातर्फ उडाइन्छ । 

२८ जुन १९७६ दिउँसो ३ः१५ बजे । एन्तबे एयरपोटर्, युगान्डा 
विमान युगान्डाको एन्तबे एयरपोर्ट उत्रेलगत्तै त्यहाँको इदी अमिन सरकारले सो अपहरणप्रति समर्थन जनायो । इदी अमिनले सो विमानमुक्त गराउन हुनसक्ने अपरेसनलाई असफल पार्नका लागि एयरपोर्ट वरपर आफ्ना सैनिकको पहरा राखे । यसका लागि युगान्डा सेनाका सय सैनिक खटाइएको थियो । तर इदि अमिनले बन्धकहरूको भेटमा भने आफूले अपहरणकारी र इजरायल सरकारबीच वार्ताको समन्वय गरिरहेको र कसैलाई केही नहुनेमा ढुक्क हुन भनेका थिए ।

एन्तबे विमानस्थलमा थप चार जना अपहरणकारी थपिए । त्यसपछि सो विमानमा सबार यात्रुहरूलाई विमानबाट ओरालेर एयरपोर्टको प्रयोगमा नरहेको ट्रान्जिट भवनमा राखियो ।

सोही दिन अपहरणकारीहरूले आफ्नो माग जारी गरे । तिनको प्रमुख माग इजरायली जेलमा रहेका ४० प्यालेस्टाइन समर्थक सैन्य र अन्य चार अलग देशमा रहेका १३ सैन्यहरूलाई जेलबाट मुक्त गर्ने भन्ने थियो । तिनको माग पूरा नभएमा १ जुन १९७६ बाट इजरायली बन्धकहरू एक एक गरेर मारिने तिनको चेतावनी थियो ।

२९ जुन १९७६ । एन्तबे एयरपोर्ट, युगान्डा

अपहरणकारीले बन्धकहरू मध्यबाट इजरायली र गैरइजरायली नागरिकहरूलाई अलग बस्न आदेश दए । अलग गरिएका इजरायली नागरिकहरूलाई युगान्डाका सैनिकसँग माग गरेर अलग कोठामा राखियो ।

३० जुन १९७६, एन्तबे एयरपोर्ट, युगान्डा
छुट्याइएका गैरइजरायलीहरू मध्येबाट ४८ जनालाई मुक्त गरियो । मुक्त गरिएकाहरू वृद्ध, बिरामी र बच्चा भएका आमाहरू थिए । तिनीहरू सोही दिन पेरिस उडे । 

१ जुलाई १९७६, एन्तबे एयरपोर्ट, युगान्डा

अपहरणकारीले दिएको अन्तिम मिति पुगेको दिन इजरायलले आफू अपहरणकारीका माग पूरा गर्न तयार भएको तर त्यसका लागि थप चार दिनको समय दिन अनुरोध गर्यो । अपहरणकारी यसप्रति सकारात्मक भए । उनीहरूले बाँकी रहेका सय गैरइजरायलीहरूलाई यसै दिन पेरिस जान मुक्त गरिदिए ।

यो बीचमा इजरायलमा राजनीतिक रूपमा यो समस्याको समाधान खोजिनुपर्छ भन्नेहरू अल्पमतमा पर्दै गएका थिए । अरबी राष्ट्रमा अत्यन्त लोकप्रिय रहेका इजिप्टेली राष्ट्रपति अन्वर सदातलाई अपहरणकारी पार्टी र युगान्डाका राष्ट्रपतिसँग संवादका लागि प्रयास गर्न इजरायलले मनाएको थियो तर उनको कुरा पनि अपहरणकारीले सुनेनन् । एसर अराफातले अपहरणकारीसँग संवादका लागि आफ्नो दूतलाई युगान्डा पठाएको थिए । तर उनलाई गद्दार मान्दै अलग भएर बनेको पार्टीका सदस्यले उनको दूतलाई भेट्नै मानेनन् । 

यो सबमा मोसादले भने अलग रूपमा अप्रेसनको तयारी अपहरणको सुरुदेखि नै गरिरहको थियो । रमाइलो तथ्य युगान्डाको एन्तबे एयरपोर्ट इजरायलको सहयोगमा बनेको थियो । सो एयरपोर्ट बनाउन संलग्न मान्छेहरूलाई रातारात जम्मा गरेर मोसादले इजरायलमै त्यसको रिप्लिका बनायो र त्यसमा उनीहरूले अनेका पटक बन्धक मुक्तक गर्ने रिहर्सल गरिसकेका थिए । उनीहरूलाई अब आवश्यकता थियो मात्र राजनीतिक अनुमतिको ।

३ जुलाई १९७६, इजरायल
अपहरणकारीहरूले दिएको अन्तिम दिनको अघिल्लो दिन बसेको मन्त्रिपरिषद्ले अपहरणकारीको माग पूरा गर्न नसकिने पक्ष हाबी भए । रक्षा मन्त्री सिमोन पेरेसले मोसादले आफूहरूलाई अपहरणकारी मुक्त गराउन सक्ने प्रत्याभूत गरेको भन्दै मोसादको अप्रेसनलाई अनुमती दिन प्रस्ताव लगे । लामो बहसपछि सो मत पारित भयो । 

३ जुलाई १९७६ बेलुका ६ः३० बजे, इजरायल
सरकारको अनुमती लगत्तै मोसादले तयार राखेको चार विमान लाल सागर हुँदै युगान्डाका लागि उड्यो । जिबोटीको आकास नपुगेसम्म विमान ३० मिटरको उचाइमा उडाइएको थियो । त्यसो गर्नुको कारण सो क्षेत्रमा उडेको विमानलाई छेउछाउको अरबी मुलुक इजिप्ट र साउदी अरबको राडारमा देखिनबाट  बचाउनु थियो । त्यति लामो यात्रामा इन्धन भनुपर्ने हुन्छ । यसको व्यवस्था केन्याको कृषि मन्त्री ब्रुस म्याक्केन्जीको प्रयासमा केन्याको जामो केन्याटा अन्तराष्ट्रिय विमानस्थलमा गरिएको थियो ।

३ जुलाई १९७६ राति ११ः०० बजे, एन्तबे एयरपोर्ट, युगान्डा
मोसादको पहिलो विमान ११ बजे एन्तबे एयरपोर्ट उत्रियो । विमानको पछाडिबाट कालो मर्सिडिज र त्यसका पछि २ वटा ल्यान्ड रोभर निस्कियो । यो युगान्डाका सैनिकलाई अल्मल्याउन गरिएको थियो । केही दिनअघि मुलुक बाहिर गएका राष्ट्रपटि इदी अमिन फर्किएको भान पार्न खोजिएको थियो । तर अप्रयाप्त सूचनाको असर यहाँ देखियो । अमिनले केही महिनादेखि सेतो मर्सिडिज चढ्न लागेको युगान्डामा राष्ट्रव्यापी प्रचार भइसकेको कुरा थियो । यो थाहा पाएका युगान्डाको सेनाले मर्सिडिज रोक्न कराए । त्यसपछि त्यो र पछाडिको गाडीमा रहेको कमान्डोले साइलेन्सर लगाएको बन्दुकले हमला सुरु गरिहाले । ३० मिनेट भित्रमा सात अपहरणकारी, ३ बन्धक र एक कमान्डो सैनिक (योनातन नेतान्याहु नामका लेफ्टिनेन्ट जनरल हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका दाइ हुन्) मारिए । सो अपरेसनका क्रममा ४५ युगान्डाका सैनिक मारिएका थिए । कमान्डो फौजहरूले पछि आफूलाई पछ्याउने डरले एयरपोर्टमा रहेका ३० युद्धक विमान पनि नष्ट गरेर हिँडेका थिए । 

यो सारा अप्रेसन सकेर यात्रुहरू लिएर चार विमान एन्तबे एयरपोर्टबाट उड्दासम्म जम्मा डेढ घण्टा वितेको थियो ।

प्रतिक्रिया
अप्रेसनका क्रममा अघिल्लो दिन युगाण्डाको हस्पिटल भर्ना भएर छुटेकी एक इजराली बिरामी महिलालाई तत्काल मारियो । इदि अमिनले यो अप्रेसनमा केन्याको सहयोग गरेको खुलेपछि युगान्डामा बसेका सम्पूर्ण केन्यालीलाई मार्न अह्राएका थिए । यसमा सक्रिय सहभागी केन्याका कृषि मन्त्री म्याक्केन्जीको विमानमा बम विस्फोट गरेर सन् १९७८ मेमा मारियो ।

युगान्डाले संयुक्त राष्ट्रमा इजरायली छापाले आफ्नो सार्वभौमिकता उल्लङ्घनको आरोप लगायो तर अमेरिका र बेलायतको सहयोगमा यो प्रस्ताव निस्तेज पारियो ।

यो अप्रेसनको सफलतापछि एक सानो राष्ट्र इजरायल मध्यपश्चिमको शक्ति राष्ट्रका रूपमा उदायो र यसमा मोसादको उलेख्यनीय भूमिका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप