शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश नामाकरणको राप्रपाद्वारा स्वागत

शनिबार, १२ फागुन २०७४, २२ : ४३
शनिबार, १२ फागुन २०७४

काठमाडौँ- प्रदेश नम्बर-६ को नाम  कर्णाली हुने तथा  राजधानी सुर्खेत राख्ने निर्णयको कमल थापा नेतृत्वको राप्रपाले स्वागत गरेको छ ।
 तर, सोह पार्टीकी सांसद सोशीला शाहीले  राजधानी सुर्खेतमा राख्ने  निर्णयको विपक्षमा मतदान गरेकी थिइन् । 

 राप्रपा  सहप्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं ६ को राजधानी सुर्खेत हुने राप्रपाको आधिकारिक धारणा भएको भन्दै  प्रदेशसभाका सांसदलाई यसवारे पार्टीले ह्विप जारी नगरेको हुँदा  शाहीले सुर्खेतको बिपक्षमा गरेको मतदान गरेको र यो  उनको व्यक्तिगत धारणा भएको उल्लेख गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप