शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश टुँडिखेलबाट प्रवाह गरिने

शनिबार, १२ फागुन २०७४, २० : १६
शनिबार, १२ फागुन २०७४

काठमाडौँ । विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गर्ने भएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ । 

सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनै पनि भ्रम नरहेको बताउँदै यसले सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 

पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा एक अर्बभन्दा बढी मानिसलाई आकर्षित गरिरहेको अवस्थामा उनको नामबाट राष्ट्रलाई चिनाउने कार्य महत्वपूर्ण भएको बताए । 

सो कार्यक्रमका लागि सदभाव दूत पत्रकार रवि लामिछाने आफूले गिनिज बुकमा नाम लेखाउँदा पनि सोही शीर्षकलाई उठाएको उल्लेख गरे । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले हरेक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्ने कार्य गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका उपाध्यक्ष संघर्ष विष्टले बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप