बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार, तर अन्तिम दिन २६.९२ को गिरावट

शनिबार, १२ फागुन २०७४, १७ : ४४
शनिबार, १२ फागुन २०७४

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो । गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६ दशमलव ९८ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९१ अंकले घटेर २९३ दशमलव २५ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो । 


यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्टकका अनुसार यस साता सानिमा इक्विटी फण्डको १३ करोड एकाइ साधारण शेयर सूचीकृत भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप