मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोको कोटामा सांसद बनेकी अग्रहरी विवादमा तानिइन्

शनिबार, १२ फागुन २०७४, १७ : १५
शनिबार, १२ फागुन २०७४

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सिफारिसमा  समानुपातिक सांसद बनेकी  अमृता अग्रहरी विवादमा तानिएकी छन् । 

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ‘अग्रहरी’ आदिवासी जनजाति कलष्टरका नभएको जानकारी दिएसँगै उनी विवादमा तानिएकी हुन् । 

 राजपा नेपालका एक नेताले प्रतिष्ठानमा आग्रहरीको बारेमा उजुरी दिएपछि प्रतिष्ठानले यस्तो जानकारी दिएको थियो । 

जानकारीमा भनिएको छ– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद १ को दफा २ (क) को अनुसूचीमा विभिन्न ५९ आदिवासी जनजातिहरु उल्लेख भएका र उक्त अनुसूचीमा ‘आग्रहरी’ जाति उल्लेख नभएको जानकारी गराइएको छ । 

यसैको आधारमा निर्वाचन आयोगमा  उजुरी परेको छ  भने सर्वोच्च अदालतमा पनि रिट दायर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । 

अमृता अग्रहरी राजेन्द्र महतोको सिफारिशमा समानुपातिक उम्मेदवार बनेकी थिइन् ।  तर, उचित कलष्टरमा नपरेको कारण उनी विवादमा परेकी हुन् । 
आदिवासी जनजाति कलष्टरको दोस्रो नम्बरमा उनको नाम थियो । 

राजपा नेपालका एक नेताले भने, ‘नेपाल सद्भावना पार्टीका पुराना नेतृ अग्रहरीलाई मधेशी वा अल्पसँख्यक कलष्टरमा राख्नुपर्ने थियो तर अध्यक्ष महतोले आदिवासी जनजाति कोटाबाट सांसद बनाएपछि अहिले उहाँ विवादमा तानिनु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप