शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो विवाहवारे फेरि बोले सलमान खान

शनिबार, १२ फागुन २०७४, १४ : ४७
शनिबार, १२ फागुन २०७४

एजेन्सी मुम्वई सलमान खान फिल्मलाई लिएर लगातार चर्चामा रहन्छन् । उनै सलमानको विवाहको विषयमा पनि चर्चा हुन्छ ।

फेरि एकपटक सलमान विवाहको चर्चामा आएको छन् । यस्तो चर्चा उनी आफैले गरेका हुन् । 

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार सलमानले विवाह नगर्नुुको कारण यस्तो बताए कि, विवाह अव निकै महंगो भयो, यसैले उनले विवाह गरेका छैनन् । 

बलीउडका सुल्तान मानिने सलमान खानले एक कार्यक्रममा भने कि, म यसकारण विवाह गरिरहेको छैन । किनभने विवाह गर्न आजकल निकै महंगो पढ्यो । यसको खर्च उठाउन पनि गा्रहो भएको छ । ’

यसका लागि सलमानले निर्देशक सूरज बडजात्याको फिल्मलाई दोषी ठानेका छन् । यी निर्देशकले बनाउने फिल्ममा विवाहका सेट निकै महंगा हुने र त्यसले विवाहको खर्च बढाउने गरेको सलमानले बताए । 
सलमानले छोराछोरीको विवाहका लागि धेरै मानिस आफुकहाँ सहयोग माग्न आउने गरेको पनि सुनाए । 

खासमा सलमानले यो कुरा ठट्टै ठट्टामा भनेका हुन् । 

तर, उनको यो भनाईले विवाहको खर्च समाजमा बढिरहेको चाहिँ बताउँछ । 

सलमान अहिले फिल्म रेस ३ को सुटिङमा छन् । 

सलमान खानको पछिल्लो फिलम टाइगर जिन्दा है ले २ सय करोड भन्दा बढीको व्यापार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप