बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हस्तमैथुन गर्नेहरुले यो जान्न जरुरी छ

शनिबार, १२ फागुन २०७४, १४ : १५
शनिबार, १२ फागुन २०७४

बीबीसी-हस्तमैथुनलाई लिएर मानिसमा केही किसिमका भ्रम छन् । कतिपय मानिस यसलाई गलत मान्छन् । कतिपय सही । तर, विज्ञान यसलाई गलत मान्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि सामन्य र राम्रो मानिन्छ । 

हस्तमैथुनसँग जोडिएका महत्वपूर्ण कुरा तपाईं त्यतिबेला ख्याल गर्न सक्नुहुन्छ, त्यसभन्दा अगाडि यी कुरा त जान्नुस् । 

हस्तमैथुन के हो 

आफुलाई राम्रो र खुसी महशुस गराउनका लागि आफ्नो “प्राइवेट पार्ट’ छुनुहुन्छ भने त्यसलाई हस्तमैथुन मानिन्छ । हरेक मानिस यसलाई अलग अलग तरिकाले गर्छन । 

हस्तमैथुनका बेला मानिस आफ्नो दिमाग ती खुसीका क्षणको कल्पना गर्छ र त्यसका बारेमा सोचेका हुन्छन् ।  

के हस्तमैथुन गलत छ ? 

बिल्कुल छैन । यो आफुलाई राम्रो र खुसी महसुस गराउने एक प्राकृतिक तरिका हो । यसबाट तपाईं आफै आफुलाई खुसी दिन सक्नुहुन्छ । यसलाई निकै नीजि मामला मानिन्छ । यो कुराको ध्यान रहोस् कि सार्वजनिक स्थालमा यसो गर्नु गैरकानुनी मानिन्छ । 

यसलाई केटा र केटी दुवैले गर्छन । केटालाई १७ बर्षपछि यस्तो गर्ने इच्छा जाग्छ । 

यद्यपी केही यूवा यस्तो गर्दैनन् । जबसम्म हस्तमैथुन गर्ने कुरा मनले मान्दैन, तवसम्म यसो गर्नु हुँदैन ।  

स्वास्थ्यका लागि हानिकारक छ ? 

छैन् । हस्तमैथुन तपाईंलाई अन्धा वा पागल बनाउदैन । यसो गर्दा आँखामूनि कालो हुँदैन र यसले शारिरिक विकासमा अवरोध पनि गर्दैन । 

बरु सच्चाई यो छ कि यसो गर्दा तपाईंको तनाव कम हुन्छ । शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलीज हुन्छ, जसले तपाईंलाई रिलायक्स दिन्छ । 

यो तपाईंलाई सुत्नमा मुद्दत गर्छ । तपाईंको नीजि अंगलाई सक्रिय राख्छ । 

यसो गर्दा तपाईंलाई थाहा हुन्छ कि, तपाईंको शरीरलाई के चाहिएको छ । मतलव तपाईं हुनेवाला पार्टनरलाई आफ्नो इच्छाका वारेमा बताउन सक्नुस् । 

यसलाई सुरक्षित सेक्सको राम्रो तरिका मानिन्छ । 

केटीहरुले यसो गर्दा सुरक्षामा ध्यान दिनुपर्छ । ब्याक्टिेरिया भएको बस्तु प्रयोग गर्नु हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप