शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४ अर्बको लगानीमा इटहरीमा क्यान्सर अस्पताल बन्ने

शनिबार, १२ फागुन २०७४, १३ : १८
शनिबार, १२ फागुन २०७४

मनोज भुजेल, इटहरी –नेपाल क्यान्सर फाउन्डेसनले इटहरीमा ४ अर्बको लगानीमा आधुनिक अस्पताल निर्माण गर्ने भएको छ । 

एक सय शैया क्षमताको उक्त अस्पताल निर्माणको लागी आबश्यक जंग्गा समेत खोजिएको छ । जापान, इण्डिया र अमेरिकाको आर्थिक सहयोगमा संञ्चालन भइरहेको फाउन्डेसनले इटहरी ५ मा रहेको काव्यबाटिकाको जग्गामा अस्पताल निर्माण गर्ने भएको हो ।

क्यान्सर सम्बन्धि सबै उपचार सहितको सेवा दिने उदेश्यले निर्माण हुन लागेको अस्पतालको जग्गा उपलब्ध गराउने बिषयमा काव्यबाटिका र इटहरी ५ नं. वडा कार्यालय बिच सहमति भइसकेको र इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटजग्गा उपलब्ध गराउने निर्णय भैसकेको छ । फाउन्डेसनकी अध्यक्ष पूर्णीमा गुरुङ र उपमहानगरका इन्जिनियर अर्जुन दहाल बिच अस्पताल निर्माणको लागी सम्झौता भएको छ । 

फाउन्डेसनले केही दिन अघि मात्र प्राबिधिक सहितको एक टोलीले निर्माण स्थलको अवलोकन गरी डिपीआर तयार पार्ने काम शुरु गरेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन ।

५० लाखको डिपीआरको काम असार मसान्त अगाडीबाट काम थाल्ने गौतमले बताइन् । त्यस अगाडी अस्पताल निर्माणको लागी व्यवस्थापन समिति तयार गर्ने पनि उपमहानगर र फाउन्डेसन बिच सहमति भएको उपमेयर गौतमले बताईन् । अस्पताल इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहने उनको भनाई छ ।  

इटहरीमा यति ठुलो लगानीमा निर्माण हुन लागेको अस्पतालले इटहरीको पहिचानलाई थप बढाउने उनले बताइन् । इटहरी पनि सुबिधा सम्पन्न अस्पतालको पहुचमा पर्ने शहर बन्ने गौतमले दाबी गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप