मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक भारवाहन सहित भारतीय ट्रक नेपालमा

शनिबार, १२ फागुन २०७४, १० : ४४
शनिबार, १२ फागुन २०७४

कपिलवस्तु–भारतबाट नेपाल भित्रिने अधिकाशं भारतीय मालवाहक सवारी अत्याधीक भारवाहनको हुने गरेको पाइएको छ ।
कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकाशं भारतीय मालबाहक सवारी साधनले भारवाहन क्षमता भन्दा दोव्वर लोड सहित नेपाल भित्रिने गरेको पाइएको हो ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतमा भारवहन क्षमता २१ टन कायम गरेको छ । 
यसरी अनुगमनका क्रममा शुत्रबार मात्र करिव ६० भारतीय गाडी ओभर लोडसहित नेपाल आउने गरेको पाइएको हो ।
यातायात व्यवस्था कार्यलय लुम्बिनी बुटवलको नेतृत्व तथा जिल्ला टाफिक प्रहरी कार्यलय कपिलवस्तु र वाणगंगा यातायात व्यवसायी समितीको सयुक्त उपस्थितीमा भएको अनुगमनका क्रममा भारतीय गाडीहरु ओभरलोडका साथ भित्रिने गरेको पाइएको हो ।
फेला परेका अधिकाश भारतीय मालबाहक सवारीहरुले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोड सहित नेपाल आउने गरेका छन् । भारतबाट नेपाल आउने भारतीय गाडी ओभरलोड हुनुका साथै राजस्व छलेर नेपाल आउने गरेको समेत खुलेको छ ।
जसअन्र्तगत भारतीय गाडी पि ८१३ एडब्लु ८१६० नः को गाडीले भारतको बलरामपुरमा गाडी तौल गर्दा सामान सहित ४१ टन देखाइएको छ भने सोही गाडी नेपाली तौलपुलमा ४६ टन देखिएको छ । जहाबाट थाहा हुन्छ कि उक्त ५ टनको राजस्व समेत छलेर ति गाडी नेपाल आउने गरेका छन । वाणगंगाा यातायात व्यवसायी समितिको पहलमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यलयमा लोड भएर आएका भारतीय सवारीहरुको भारवाहन तौलपुल गर्दा अधिकास ट्रकहरु ओभरलोडका साथ निर्वाधरुपमा गुड्ने गरेको पाइएको हो ।
यातायात व्यस्था कार्यालय लुम्बिनी बुटवलका कार्यालय प्रमुख गगन हमालको नेतृत्वमा भएको अनुगमनका क्रममा ओभरलोड सहितका गाडीहरु भित्रिने गरेको पाइएपछि उक्त गाडीहरुलाई यातायात व्यवस्था कार्यालयको रोहबरमा कार्वाही गरिने उनले बताएका छन् ।
विगतका दिनहरुमा व्यवसायीहरुले भारतीय सवाारीले ओभरलोडका साथ निर्वाध गुड्ने गरेको भन्दै पटक–पटक अनुगमनको लागी माग गरिरहदा पनि जनशत्ति लगायत पुर्वाधारको कमीको कारण अनुगमन गर्न नसकिएको भन्दै उनले स्थानीय यातायात व्यवसायी सस्थासँगको सहकार्यमा आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने बताए ।
अनुगमनको क्रममा ओभरलोड देखिएको विषयमा प्रतिक्रिया दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर बहादुर कार्कीले भन्सार कार्यालयको लापवाहीका कारण भारतीय मालवाहक ट्रकहरु ओभरलोडका साथ नेपाल भित्रिन गरेको बताए । भन्सार कार्यलयबाट नै भन्सार गर्ने क्रममा लोड मिलान गरेर पठाउनु पर्नेमा भन्सार कार्यालयले लोड मिलान नगरी गाडीहरु भन्सार मात्रै गरेर पठाउने गर्दा ओभरलोडको समस्या देखिएको बताउछन ।

विगतमा आफुहरुले स्थानीय यातायात व्यवसायी सस्था सँग समन्वय नगरी अनुमान र चलानको आधारमा कार्वाही गरिदै आएको भन्दै कार्कीले वाणगंगा यातायात व्यवसायी समितीले यातायात व्यवस्था कार्यलय सँग समन्वय गरी चेकजाच गरेको भन्दै आफुहरु पनि आगामी दिनमा स्थानीय सस्थासँग समन्वय गरी ओभरलोड नियन्त्रका लागी अगाडी बढ्ने बताए ।
ओभर लोड नियन्त्रणका लागी भन्सार कार्यलयले लोड मिलान गरेर पठाउने यातायात कार्यलय प्रमुख हमालले बताए । साथै अव नियमित रुपमा भारतीय गाडीलाई नेपाली तौलपुलमा हाली तौल गरेर मात्र पठाउने बाणगंगा यातायात ब्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । उता भन्सार कार्यालयका प्रमुख बिन्देस्वर प्रसाद लेखकले राजस्व छलि नभएको बताउदै केही गाडीमा ओभरलोड भने गएको हुन सक्ने बताएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप